काठमाडौं । म्यानमारमा सेनाले सत्ता कब्जा गरेसँगै बन्दी बनाइएकी नेत्री आङ साङ सुकीलाई चार बर्षको जेल सजायको फैसला सुनाइएको छ ।
उनीविरुद्द ११ विभिन्न आरोपसहित मुद्दाहरु दायर भएका थिए । ती सबै आरोपहरुलाई भने उनले इन्कार गरेकी छन् ।
अदालतको पहिलो चरणको फैसलामा उनलाई ४ बर्षको जेल सजाय सुनाइएको हो ।
बीबीसीका अनुसार उनलाई सेना सरकारले सहमति भडकाउन खोजेको र कोभिड नियमहरु तोडेको आरोपमा फैसला भएको हो ।
सेनाले सत्ता कम्जा गर्नुअघि ७६ बर्षीय सुकीले नागरिक सरकारको नेतृत्व गरिरहेकी थिइन् ।
तर सेनाले भने मतदानमा धाँधली भएको भन्दै सत्ता हातमा लिएको थियो ।
सेना सत्तामा गएसँगै उनी नजरबन्दमा रहेकी छन् । उनलाई भ्रष्टाचार गरेको, विभिन्न सूचनाहरु चुहाएको, सार्वजनिक अशान्ति फैलाएको लगायतका आरोप लगाइएको छ ।






