सिड्नी । न्यू साउथ वेल्स राज्यमा शनिवार स्थानीय निकायको चुनाव सम्पन्न भएको छ । विहान ६ बजेबाट शुरू भएको मतदान साँझ ५ बजे सकिएको हो ।
जसमा नेपाली मूलका ९ जना उम्मेद्वारहरुले प्रतिस्पर्धा गरेका छन् । अस्मिता खरेल क्याम्बेलटाउन, महेश पन्त ब्ल्याकटाउन, विनोद पौडेल क्याम्बेलटाउन, दिपेश चिलुवाल लिभरपूल, जिप्सना पौडेल क्याम्बेलटाउन, एलेक्स कार्की, द हिल्स, अन्जना कार्की बस्नेत नर्थ सिड्नी, सज्जन कार्की क्याम्बेलटाउन र भद्र वाइबा क्यान्टरबेरीबाट काउन्सिलरको चुनाव लडेका हुन् ।
अस्ट्रेलियामा नेपाली मूलका मानिसहरु स्थानीय राजनीतिमा सक्रिय भएको यो पहिलो घटना हो ।
अष्ट्रेलियामा नेपाली समुदायको बर्चश्व बढीरहेको अवस्थामा यहाँको राजनीतिमा पनि नेपालीहरुको प्रवेश गर्नुलाई नेपाली समुदायले सकारात्मक रुपमा लिएका छन् । नेपालीहरु विजयी हुँदा आफूहरुको हक अधिकार स्थापित गर्न सघाउ पुग्ने उनीहरुको विश्वास छ ।
यो पनिः अष्ट्रेलियाको राजनीतिमा नेपाली दोस्रो पुस्ताको सक्रियता बढ्दैः अस्मिताले दिइन काउन्सिलरमा उम्मेद्वारी






