ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

रियो दि जेनेरियो – ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ ।

कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो ।

ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको मृत्यु भइसकेको छ । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ ।

६ महिना लामो अध्ययनपछि  तयार पारिएको १२ सय पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि बिभिन्न १३ ओटा आरोप लगाइएको छ । राष्ट्रपतिले आफूमाथि लागेका सबै  आरोप अस्वीकार गर्दै आएका छन् ।