लण्डन– गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी बेलायत भ्रमणमा आइ पुगेका छन्।एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी यूरोपमा चुनावी प्रचार अभियानका क्रममा बेलायत आइ पुगेका हुन । त्रिपाठीले यूरोप हुँदै बेलायत भ्रमण गर्दै चुनावी प्रचार अभियानलाई ब्यापक बनाएका छन् ।
यूरोप भ्रमणमा निस्केका त्रिपाठीलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आईसीसी सदस्य भिम लाल भट्टराई युवा संयोजक अनिल मल्ल एनआरएनए यूके पूर्व महासचिव राजकुमार त्रिपाठी, गोर्खाली समाज यूके उपाध्यक्ष हेम कुमार गुरुङ र लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारी लगायतले खदा लगाइ हिथ्रो बिमानस्थलमा स्वागत गरे ।
त्यस्तै रिपाठी आइतबार १० अक्टोबरमा हुने एनआरएनए यूकेको कार्यालय समुदघाटन कार्यक्रममा पनि अतिथिको रूपमा उपस्थित हुने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाए ।
बिमान स्थलमा लन्डन नेपाल न्युजले लिएको लाईभ भिडियो हेर्नुस:






