एनआरएनए युरोप उपसंयोजकमा शक्तिशाली उम्मेद्वार बने यूकेका दयानिधी सापकोटा

लन्डन । गैरेआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका अभियन्ता दयानिधि सापकोटा शक्तिशाली उम्मेद्वार बनेका छन् ।

आइसीसी निर्वाचनमा बेलायतबाट आधा दर्जन बढी उम्मेदवार रहेकोमा उपसंयोजक पदमा भने साझा उम्मेद्वार छनौट भएका हुन् ।

बेलायतबाट आफूले दिएको उम्मेद्वारीमा व्यापक समर्थन पाएसँगै सापकोटाले सबैको चाहनाअनुरुप अघि बढ्ने बताए । ‘लामो समयसम्म संस्थाको लागि गरेको मिहेनत, लगाव र मेरो कामको मूल्यांंकन गर्ने अवसर सबै मतदातालाई दिने बिचार गरेको छु’, लण्डन नेपाल न्यूजसँग उनले भने, ‘यसमा बेलायतबाट पाएको सकारात्मक प्रतिक्रिया र समर्थनले उत्साहित बनाएको छ ।’

लामो समय युरोपमा बस्दा यहाँका नेपाली दाजुभाई दिदीबहिनीहरुको भावना, चाहना र आवश्यकतालाई महसुस गरेको कारण सोही अनुसार काम गर्नेगरी उम्मेद्वारी दिएको उनको भनाई छ । सामाजिक कार्यमा सकेको योगदान गरौं भन्ने भावना बोकेर अघि बढेको भन्दै उनले आफूले चुनावी दौरानमा कुनै पनि तडकभडक काम नगर्ने समेत स्पष्ट पारे ।

‘चुनावी माहेल पनि सरल र सहज हुनुपर्छ भन्ने मेरो विश्वास हो’, लण्डन नेपाल न्यूजसँग उनले भने, ‘सोही आधारमा अघि बढेको छु, आफ्नो तन मन लगाएर काम गर्ने हो, चुनावको लागि मात्रै एजेन्डा बोक्नुको अर्थ छैन ।’

दयानिधिको उम्मेद्वारीलाई यतिबेला मिडल्यान्डका अभियन्ताहरुले पनि आफ्नो क्षेत्रकै गौरवका रुपमा प्रचार गरिरहेका छन् । एनआरएनए यूकेको निर्वाचनमा दुई–तीन समूहमा विभाजित अभियन्ताहरु पनि अहिले दयानिधिको समर्थनमा एकै ठाउँमा खुलेका छन् ।

मिडल्यान्डको लेष्टर शहरमा बस्दै आएका उनको योगदानले बेलायतमा समयसमयमा चर्चा पाउने गरेको छ । उनी दुई वर्षअघिको निर्वाचनमा आइसीसी सदस्य पदमा निर्वाचित भएका थिए । त्यस्तै उनले हालै सम्पन्न एनआरएनए यूके निर्वाचनमा निर्वाचन आयुक्तको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए ।

यसअघि पनि उनले एनआरएनएको निम्ती संस्थागत विकास गर्नको निम्ती विभिन्न बहस तथा अन्तरक्रिर्याहरु गर्दै आएका छन् । एनआरएनए यूकेमा मिडल्यायाण्ड क्षेत्रको प्रभुत्व पार्ने तथा यूरोप क्षेत्रमा बेलायतको निर्णायक भूमिका बनाउने काममा आफू लाग्ने बताए ।

उद्धेश्यअनुसारको काम गर्न एनआरएनए कहीँ कतै चुक्न खोजेको भए त्यसलाई सच्चाउने आफ्नो अभियान रहेको उनको भनाई छ ।