इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल एक्कासी बिरामी, तनावमा पर्याे इन्द्रेणी टिम

काठमाडौं । नेपाल तथा नेपालबाहिकार नेपालीहरुमाझ लोकप्रिय लोक दोहोरी कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेल बिरामी परेका छन् ।

कला संस्कृतिको संरक्षण मात्र नभएर हजारौं नेपालीहरुलाई सहयोग पुर्याउन सफल भएका उनी बिरामी परेसँगै उनका फ्यानहरु चिन्तित बनेका छन् ।

घाटीमा समस्या देखिएपछि उनि अहिले उपचार गर्दै इन्द्रेणी चलाई रहेका छन।उनि समस्यामा हुदा पनि आम नेपालीको लागि खट्दै आएका छन,दिन रात न भनि आफ्नो समय इन्द्रेणीकै लागि दिईरहेका छन।

भोकलमा समस्या देखिएका कंडेलले आफुलाई अस्वस्थ रहे पनि आम नेपाली आफु भन्दा धेरै बिरामी भएको भन्दै उपचार छाडेरै भए पनि सेवाको लागि खटिरहेको बताउछन। आफूलाई जतिनै अप्ठ्यारो परेपनि जनताको निम्ती काम गर्नुपर्ने भन्दै उनले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम पनि तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

उनी विरामी परेसँगै दर्शक तथा फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।