सिड्नी । अस्ट्रेलियामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा टिकटक प्रतियोगिता आयोजना गरिएको छ ।
अस्पालि (जब्स एन्ड इन्टरटेनमेन्टस्) ले यस बर्षको तीजमा पनि लकडाउनकै कारण पिल्सिएका नेपाली महिलाहरुलाई मध्यनजर गर्दै टिकटक नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
अस्पालिका संस्थापक सबिन जङले अघिल्लो बर्ष दर खाने कार्यक्रम राखिएको भएपनि यस पटक त्यसखालको सम्भावना नभएको कारण प्रचलित हुँदै गइरहेको टिकटकबाटै प्रतियोगिता गर्ने निधो गरिएको बताए ।
यसबाट वर्तमान परिप्रेक्ष्यमा युवा पुस्ता तथा बूढाबूढीमा पनि लोकप्रिय बन्न सफल भएको टिकटककै माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र रमाइलो गर्ने लक्ष्य राखिएको उनले बताए ।
उक्त कार्यक्रममा भाग लिनको लागि परम्परागत पोशाक लगाएर टिकटक भिडियो बनाउनु पर्ने, अस्पालिको फेस्बुक पेजमा गई #auspaliteejcontest क्याप्सन राखेर पोष्ट गर्नुपर्ने नियम बनाइएको छ । यसरी पोष्ट गरिएका भिडियोमा आएको लाइक र कमेन्ट मार्फत बिजेता घोषित गरिनेछ भने बाँकी भिडियोहरु लकी ड्र मा जानेछन् र दुई प्रतिस्पर्धी लक्कि ड्र मार्फत छनौट गरिनेछ ।
उत्कृष्ट हुने व्यक्तिले पेरुको तर्फबाट आकर्षक लेहेङ्गा पाउने छन् भने लक्कि ड्र मार्फत छनिने दुइ प्रतिस्पर्धीले लाभि व्येर्स र बर्सा क्लोसेटको तर्फबाट आकर्षक उपहार पाउनेछन्। बिजेता को नाम अगस्ट ३० अस्पालिको फेस्बुक लाइव मार्फत सार्वजनिक गरिने छ। उक्त प्रतियोगितामा महिला मात्र नभएर पुरुष पनि सहभागि हुन सक्ने भएका छन् । अगष्ट ३० मा उक्त प्रतियोगिताको विजेता घोषणा गरी त्यसको दुई दिनमा पुरस्कार घरमै डेलिभरी गर्ने उनले बताए ।
यस कर्यक्रमलाई पेरु रेमिट, लाभि व्येर्स र बर्सा क्लोसेट, मिडिया पार्ट्नर नेपाल रिपोर्ट्स, द ट्रु खबर, नेप सिड्नि राइडर्स, हक इनसाइट, डब्लुआरआर र नेप्लिज वमेन इन अस्ट्रेलियाले सहयोग तथा समन्वय गरेका छन् ।
सिड्नी दुई महिनादेखि लकडाउनको अवस्थामा छ, भिक्टोरिया सहित अन्य राज्यहरुमा पनि प्रतिबन्धहरु लगाइएको अवस्थामा घरभित्र नै बस्न बाध्य भएका नेपालीहरुलाई यस प्लाटफर्मले केही समय भएपनि सहज अनुभव गराउने अस्पालीका मोडरेटर सुरज ओलीले बताए ।






