लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन शनिवार हुँदै छ । अनलाइन मार्फत मतदान गर्नेगरी निर्वाचन मण्डलले तयारी अन्तिम चरणमा पुर्याएको जनाइएको छ ।
निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा निर्वाचन मण्डलले एक भिडियो सार्वजनिक गरेको छ । निर्वाचन समितिले नेपाली भाषामै ‘डेमो’ सार्वजनिक गरेपछि अनलाइन मतदान गर्न अब सहज हुने विश्वास गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेलले अंग्रेजी र नेपाली दुवै भाषामा मतदान प्रक्रियाबारे जानकारी दिइएकोले मतदान गर्ने विषयमा अब अन्यौल नहुने बताए ।
एनआरएनए यूके पञ्जीकृत सदस्यहरुले मतदान गर्न पाउनेछन् । यसपटक अध्यक्ष पदमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना राईले उम्मेद्वारी दिएका छन् ।
हेरौँ मतदान कसरी गर्ने भन्ने बारेमा जानकारीमूलक भिडियो






