अदालतले सलमान दोषी ठहर गरेको छ । सन् २००२ मा सलमानले रक्सी सेवन गरेर कार चलाउँदा एक जनाको मृत्यु भएको र अरु चार जनालाई घाईते बनाएको आरोप सलामान माथी लागेको थियो र आज दिउस ११:१५ मा सो आरोप सही भएको निस्कर्ष निकल्दै अदालतले सल्मनलाई दोषी ठहर गरेको छ । उनलाई ५ वर्सको जेल सजाय सुनाएको हो ।
उनी जेलको फैसला सुनाएपछि आर्थर रोड जेल चलान हुने भएका हुन् । सलमानले ३ वर्षभन्दा बढीको जेल सजाय पाएकाले उनी जमानतमा छुट्न पाउने छैनन् । तर, उनले सर्वोच्च अदालतमा भने सात दिनभित्र अपिल गर्न पाउने ब्यवस्था भारतीय कानुनमा छ ।
न्यायाधीस डीडब्ब्लू देश पाण्डेकाअनुसार सलमान खानमाथि सुनियोजित रुपमा मान्छे मार्ने मनसायले गाडी चलाएको आरोपहरु अदालतमा सावित भएका छन् ।
उनको अनुसार सलमानले नसामा गाडी चलाएको लगायतका सबै आरोपहरु प्रमाणित भएका छन् ।







