लिम्बुवान नागरिक समाजको च्यारिटी कार्यक्रम

आश्फोर्ड केन्ट युके । आफ्नो स्थापनाको छैठौ बर्षको अवसर पारेर लिम्बुवान नागरिक समाज युकेले एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । गत साता आस्फोर्ड स्थित बक हेङ्गर कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रम संस्थाका अदक्ष दिल सम्बाहाम्फेको अदक्षता र पूर्व अदक्ष्य तथा संस्थाका सल्लाहकार श्रीप्रसाद थेबेको प्रमुख आतिथ्यमा सुरु भएको थियो । कार्यक्रमका अन्य अतिथिहरु क्रमस: काजिमान यक्सो- किरात याक्थुङ चुम्लुङ युके, कमला लिम्बु- माङ्गेन्ना चुम्लुङ युके, सबिन तुम्बाहाम्फे- विश्व लिम्बु सांस्कृतिक महासंघ युके, छत्रसिङ तेयुङ- तेह्रथुम समाज युके,  लक्ष्मी घिसिङ- ताप्लेजुङ समाज युके, बिजय लिङ्थेप- संखुवा सभा समाज युकेलगायत बिभिन्न सामाजिक संघ संस्थाका  प्रतीनिधिहरु, समाजसेवीहरुको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रितहरुलाई स्वागतार्थ खादाले सम्मान गरि प्रबेश गरीसके पछी अघिल्लो दिन मात्र नेपालको मानब बिनाशकारी महाभुकम्पले दिबङ्गत हजारौ आत्माहरुप्रती समबेदना ब्यक्तगर्दै कार्यक्रम सुरुभएको थियो ।
यो एउटा दुर्भाग्य वा संयोग कार्यक्रमकै अघिल्लो दिन बैशाख १२ मा नेपालको त्रासदिपूर्ण मानब बिनाशले कार्यक्रमनै स्थगित वा सार्नुपर्ने हो कि भन्ने स्थिती पनि आएको थियो तर प्रबाशको ब्यस्ततामा सोहि दिनकै लागि सम्पूर्ण कार्यक्रमको निमन्त्रणा र ब्याबस्था भैसकेकोले सबैको बिस्वास र सहयोगलाई पनि मध्यनजर् गर्दै कार्यक्रम सम्पन्न गर्ने स्थितीमा पुगियो । यो अवस्थामा हामी प्रबाशिहरुको काधमा यस्ता सामाजिक जिम्मेवारीहरु थाती राख्दै जानु भन्दा अबका दिनहरु बिपत्ती र महामारिलाई सामना गर्ने अरु जिम्मेवारी हाम्रो काधमा थपिदै आएकोछ्- कार्यक्रम संयोजक डम्बर सिङगकले उपस्थित सबैलाई स्वागत मन्तब्य राख्दै उक्त कुरा बताउनु भयो ।
नेपालमा संबिधान लेखन जस्तो महत्वपूर्ण बिषयमा पहिचान सहितको सँघियता र सँघियता सहितको संबिधान समयमै लेखिनु पर्छ भनेर आन्दोलनरत पहिचान बादी पार्टिहरुसँग सहकार्य गरिरहेको लिम्बुवान आन्दोलनका निम्ती भौतिक रुपमा सहभागि भै सहयोग गर्न नसकेपनी आन्दोलनका घायलहरुका निम्ती नैतीक र आर्थिक सहयोग जुटाउने उद्धेश्यले गरीएको सो कार्यक्रम चुम्लुङ आश्फोर्ड शाखाका केलाङ समुहका भाई बहिनिहरुको च्याब्रुङ न्रित्य संगै सुरु भएको मनोरन्जनात्मक कार्यक्रममा स्थानीय कलाकार मान तबेबुङ , सुनिता थेबे र दुर्गा पाङ्माले पनि  गीत गाएर मनोरन्जन दिलाएका थिए भने लन्डन् ब्लान्ड्फोर्ड् निबासी बहिनी रज्जु सुब्बा ( इजमले ) “एउटा बत्ती बले यहाँ धर्ति जगमगाउछ”, “उडु कि गुडु म” जस्ता चर्चित नेपाली गितको बोलमा न्रित्य प्रस्तुत गरेर कार्यक्रममा रोचकता थपेको थियो । सो कार्यक्रममा राफल ड्र समेत चुम्लुङ आस्फोर्ड ब्रान्चका अदक्ष श्री पूर्ण मादेन र सेरु लिम्बु द्वयले सन्चालनगरी बिजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रममा सहभागि सम्पूर्ण कलाकारहरुलाइ प्रसंसापत्र प्रदानगरिएको थियो । लिम्बुवान आन्दोलनकालागि पटक पटक सहयोग गर्दै आएको नागरिक समाज युकेलाई समयोजन पस्चात संघिय लिम्बुवान पार्टी नेपालले आन्दोलन र सडक र्‍यालीका लागि रु १००००० (एकलाख) सहयोग गरेबापत सं.लि.पा. प्रबाश कार्यसमिती युकेका प्रबक्ता खेम मादेन मार्फत लिम्बुवान नागरिक समाजका अदक्ष श्री दिल सम्बाहाम्फेलाई सोही कार्यक्रममा प्रसंसापत्र हस्तान्तरण भएको थियो ।
“लिम्बुवान” एउटा ऐतिहासिक् भुगोलको नामलाई कुनै जातिसँग ऐतिहासिक् पृष्‍ठभूमी मिल्न जादैमा जातिय रङ भरेर पहिचानलाई ओझेलमा पारीएको र अहिलेको राजनीतिका बिभिन्न बादहरुले आदिबाशी जनजातिहरुको पहिचानका मुद्दाहरु बर्बादमात्र बनाएको प्रमुख अतिथी प्रसाद थेबेले गुनासो पोख्नुहुँदै आज सडक बाटै आएकाहरुसँग हामीले हाम्रो अधिकार माग्नु पर्ने स्थिती हुनबाट जोगिन एकताको लागि श्रेष्ठ संयन्त्र संस्थागत गर्न  जरुरी भएको बताउनु भयो । सोही कुरामा सहमत हुँदै आन्दोलनमा सक्रिय रहेको लिम्वुवानि राजनितिक पार्टिहरु एक नभै लिम्वुवानी राज्य स्थापनाको माग सम्भव हुन सक्दैन भन्ने सोचले २००९ मा नै वेलायतमा लिम्वुवान नागरिक समाज स्थापना भएकोले एउटा सामाजिक संस्थाको हैसियतले राजनीतिक पार्टिहरुभन्दा भिन्न भूमिकामा रहेर यो नागरिक समाजले लिम्बुवान माग राखी  अघिबढेका बिभिन्न तहका क्षेत्रीय राजनीतिक पार्टिहरुलाई एक हुन प्रत्यक्ष वा अप्रक्ष्य रुपमा पहल गर्दै आएको, ऐतिहासिक रुपमा जायजमागको लागि समय समयमा संस्थाले सहयोग गर्दै आएको कुरा अध्यक्ष दिल सम्बाहाम्फेले जोड दिनु भयो । साथै नागरिक समाजको सहि कार्यहरुको मुल्याङ्कन भन्दा मनगढन्ते आरोपहरु लगाउने केही ब्याक्तिहरुबाट निस्वार्थ भावनाले अघी बढेको नागरिक समाजको यात्रालाई केही फरक पार्ने छैन भन्दै यस् पवित्र तथा निस्वार्थ भावनाले राखिएको कार्यक्रममा उपस्थित भै सफलतापुर्बक् सम्पन्न गर्न सहयोग पुराउनुहुने सबै समक्ष हार्दिक धन्यबात् ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।
छत्र वनेम