लण्डन । बेलायतस्थित बेक्स्ली नेपाली समाजको अध्यक्षमा आनन्द धरेल चयन भएका छन् ।
समाजको शनिवार भएको अधिवेशनले धरेलको नेतृत्वमा तेस्रो कार्यकालको निम्ती नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा हरिशचन्द्र ज्ञवाली, उपाध्यक्षहरुमा बिन्दु गुरुङ, कमल गुरुङ, बिजिता गौतम, महासचिवमा केदार थपलिया, सचिवमा होमनाथ ज्ञवाली, कोषाध्यक्षमा दिपेन्द्र सिटौला, सह– कोषाध्यक्षमा बाल मुकुन्द प्रसाई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिमला सापकोटा सेढाई, टेक बहादुर थापा, अहिल्या कुँवर , एलिना श्रेष्ठ, नारायण पन्त, श्रीमति सिलु आचार्य र मधुर मिश्र रहेका छ्न ।
निवर्तमान अध्यक्ष्य बिजय गुरुङ, निर्वाचन समिति पूर्व संयोजक चयन्द्र जङ्ग गुरुङ, सल्लाहाकार जनक पोखरेल, चन्द्रवीर गुरुङ, संस्थापक डाइरेक्टर माया गुरुङ्ग, बिधान संयोजक सुमल कुमार गुरुङ्ग लगायत पूर्व कार्य समितीका सदस्य, आजीवन सदस्य लगायतको उपस्थितीमा सम्पन्न भएको अधिवेशन तथा साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ कार्य समिति चयनको निम्ती संस्थापक अध्यक्ष केश बहादुर गुरुङको संयोजकत्वमा हेमन्त सेढाई र ज्योती उपाध्याय सदस्य रहने गरी निर्वाचन मण्डल गठन गरिएको थियो ।
अध्यक्षमा निर्वाचित भइसकेपछि अध्यक्ष धरेलले लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै नेपाली समुदायको एकतामा जोड दिदै कला संस्कृति संरक्षण, संवद्र्धन गर्दै सुखदुःखको सारथी बन्नेगरी अघि बढ्ने बताए ।






