बेलायत दूतावासले राहतको दुरुपयोग हुन नदिने प्रतिबद्धा :फोटो फीचर

 

shiba1

शिब भण्डारी,

लण्डन,नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला लन्डनस्थित नेपाली दूतावासले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बेलायतका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले -भूकम्पमा परी पीडित बनेकाहरुको उद्धार र राहत वितरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।बेलायतमा जति पनि संघ सस्था र ब्यक्तिगत प्रयासमा राहत संकलन गरिरहेकाहरुलाई दुताबासमार्फत मात्र नेपाल पठाउन पहल गर्ने बताए |नेपालमा अहिले तत्काल पाल,टेंट र खानेकुराहरु अति नै आवश्य्क रहेको जानकारी दिदै राहत र उद्धारको बिवरण नेपाली दूतावासलाई उपलब्ध गराउन आग्रह गरे । नेपाली दूतावासद्धारा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोष अन्तर्गत आर्थिक संकलन तथा व्यवस्थापन समितिले सकृय रुपमा काम गरिरहेको र पीड़ितका नाममा सँकलित राहतको दुरुपयोग हुन नदिने प्रतिबद्धा जनाए|

shiba2

 

shiba7

नेपालमा हजारौंको ज्यान जाने गरी आएको बिनासकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले ,एनआरएनए युकेले पिडितका लागि राहत पुराउन प्रयास गरिरहेको बताउदै हाल सम्म करिब १ करोड रुपैयाँ सँकलन भएको जानकारी दिए |

shiba3

भुकम्प पीडितलाई उपचार गर्नका लागि नेपालमा सर्बश्रेष्ठ चिकित्सकको अभाव नरहेको र घाइते भएकाहरुलाई औषधि, पाल, खानेकुरा र अस्थायी बसोबासको अत्यावश्यक रहेको बताउदै नेपालमा अहिलको अवस्थालाई नेपालमै रहेका स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिने पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र देवकोटाले बताए |

shiba4
एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कोषमा हालसम्म १६ हजार ८९६ पाउण्ड उठेको जानकारी दिदैं बेलायत स्थित सामाजिक सँघसस्थालाई राहत सँकलनलाई तिब्रता दिन आग्रह गरे । प्रलयकारी महाभूकम्पले ६ हजारभन्दा बढिको जीवन समाप्त पार्यो । बीसौं हजार शरिर थिलोथिलो पर्ने गरी घायल भए । पचासौं लाख मानिसको बास उजाड पारेको छ यो पीडाले हाम्रो मातृभूमि आज रोइरहेको छ ।शोकाकुल मातृभूमिको दिव्यमुहार पुनः सजाऔं । यसै सिलसिलामा राहत संकलनका लागि उनले सबै मिलेर सरकारी निकायलाई सहयोग गर्नु पर्ने बिचार ब्यक्त गरे ।

shiba5

 

नेपलिज नर्सेस एसोसिएनका अध्यक्ष सुशीला कार्कीले एसोसिएसनले १४ हजार पाउण्ड राहत संकलन भैसकेको जानकारी दिइन् । उनले १६ जना नर्सले नेपाल गएर काम थालि सकेको बताउदै तिन हजार बिरामी जाँचेको बताइन् । पत्रकार सम्मेलनमा नेपलिज डाक्टर एसोसिएयनका अध्यक्ष डा अरुण झाले २१ जना नेपाली डाक्टरको समूहलाई भूकम्प पिडित क्षेत्रमा पठाउने तयारी भैरहेको जानकारी दिए ।

 

shiba6