काठमाडौँ । चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।
बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति जिनफिङसँग पौने एक घण्टा फोनवार्ता गरेकी थिइन् । त्यसलगत्तै चीनले उक्त सहयोग गर्ने घोषणा गरेको हो । यसअघि चिनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।






