गुल्मी जिल्ला समाज युकेको साधारणसभामा प्रेम गाहामगरको चर्चा

समाजको साधारणसभामा एनआरएन युकेको आगामी जुलाईमा हुने आसन्न निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी गराउदै सम्पूर्ण बेलायतवासी गुल्मीलाई एक भई सहयोग गर्न गाहा मगरले अपिल गरेका थिए । उनले भने – गुल्मी जिल्ला समाजको स्थापन कालदेखि बेलायतको यस उदारणीय संस्थामा आवध्द मैले एनआरएन युकेको नेतृत्वमा आएपछि यस समाजले झै सबैलाई समेटेर काम गर्नेछु तपाईहरूलाई लेटडाउन गर्ने छैन् । निकै भवपूर्ण तरिकाले आफ्नो समाजलाई सम्वेधन गरेका उनले एनआरएन युकेको आगामी कार्यसमितिमा जान चाहाने समाजका एनआरएन अभियन्ताहरूलाई पनि आफ्नो टीममा सहभगि भई गुल्मेलीहरूको एकता देखाउन आग्रह गरे ।
गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष ओम थापाले बेलायतवासी गुल्मेलीहरुको यो अवसरलाई गुम्न दिन नहुने भन्दै सबै सदस्यहरूलाई गाहामगरलाई सहयोग गर्न एनआरएनको सदस्य बन्न अनुरोध गरे । समाजका सल्लाहकार रण केसी,
केशब भण्डारी,सुरेस गौतम,कोश्लेस्वर ढकाल, दुर्गा पाण्डे लगायतले पनि प्रेम गाहामगरलाई सबैले सहयोग गर्नुपर्ने बताए । कार्यसमितिका उपाध्यक्ष तारा भण्डारी, महासचिव बीर वलाल प्रवक्ता रुद्र थापा, सदस्य राधा खरेल लगायतले अडिग भई आगाडि बढ्न प्रेम गाहामगरलाई हौसाला प्रदान गरे ।
गुल्मी जिल्ला समाजका वर्तमान अध्यक्ष टोप पल्लि, पूर्व अध्यझहरू अर्जुन गौतम र राम गलामीको पनि समर्थन बटुलेका प्रेम गाहामगर प्रति हिजोको गुल्मेली भेलामा सदस्यहरूको व्यापक समर्थन र साथ रहेको स्पस्ट देखिन्थ्यो।