लन्डन । भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। यसैबीच आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार भारतभरि १ हजार ६ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् भने दोस्रो नम्बरमा नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा संक्रमित भेटिएका छन्।
परीक्षण गरिएकाहरूमा कोरोना पोजेटिभ भेटिने प्रतिशत पनि पहिलाभन्दा निकै बढेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले भारतमा एक सय जनालाई कोरोना परीक्षण गर्दा १६ जनालाई संक्रमण भेटिने गरेको छ।






