काठमाडौं भयो विश्वकै प्रदुशित शहर

सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ ।

प्रदूषणका कारण आँखा पिरो हुने समस्या देखिएको छ । सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।

अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिए पनि अहिले उस्तै तुवाँलोमय बन्दै गइरहेको छ ।