लण्डनमा बन्यो ‘फुल बुट्टे साडी (भिडियो सहित)

लण्डन । चर्चित गीत ‘फुल बुट्टे साडी’ को बिदेशी गायक गायिकाले पनि गाउन थालेका छन् । एक साताअघि अफ्रिकन सिङगर बियोन्सीले गाएकी थिइन् । अहिले यो गीतको पन्जाबी भर्सन पनि रिलिज भएको छ । चर्चित गायक लक्की सिन्दुले यो गीत गाएका हुन् । लक्की लण्डनमा बसेर पन्जाबी गीतसंगितमा सक्रिय छिन् । उनका पन्जाबी गीतहरु पनि निकै हिट छन्।

गीतको भिडियोमा लक्की सिन्दुले र गिटारमा प्रज्वल भट्टराई छन् । युटुब च्यानलमा यो गीत हेर्न सकिन्छ । फुल बुट्टे साडीमा राजनराज सिवाकोटीको शब्द संगीत छ, भने मेल भर्सनमा मार्मिक लामाको स्वर छ ।
फिमेल भर्सनलाई मिलन नेवारले गाएकी छिन् । त्यस्तै गरेर मदन कृष्ण श्रेष्ठले पनि गाएका छन् । गीतको चायल्ड भर्सन पनि निर्माण भइसककोे छ ।

भिडियो हेरौं