लन्डन । बेलायतको मिडल्याण्ड बर्मिङहमस्थित शान्ति नेपाली समाजको अध्यक्षमा भोजराज भण्डारी निर्विरोध चयन भएका छन् । संस्थाको पाँचौं कार्यसमितिको अध्यक्षमा भण्डारीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध बनेका हुन्।
अध्यक्षमा निर्विरोध भण्डारी समाजको स्थापनाकालदेखि नै सक्रिय छन् । अध्यक्षमा निर्विरोध बनेसंगै लण्डन नेपाल न्यूजसंगको संवादमा ’ उनले भने, समाजका लागि अहिलेसम्म गरेको योगदान र आगामी दिनमा पनि आफ्नो जिम्मेवारी भूमिका इमानदारीसाथ निभाउनेछु, भण्डारीले भने , ‘सस्थाको विकासमा सधैं सक्रिय र त्यतिकै जिम्मेवारी बहन गर्नेछु ।
अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तो छ २१ सदस्यीय कार्यसमितिको नामावली
अध्यक्षः भोजराज भण्डारी,उपाध्यक्षः कमला ढकाल,उपाध्यक्षः गोकर्ण हुमागाईं,सचिवः महेन्द्र कुमार काफ्ले,कोषाध्यक्षः दिनेश प्रसाद कडेंल,सह(कोषाध्यक्षः रामेश्वर अर्याल, सदस्यमा निसेन्तमान बज्राचार्य, डी एन खरेल,छुमकला पाण्डेय,शसांक शर्मा,प्रवीन खरेल,यादव बिक, राजु खत्री,बिनोद थापा,बाबुराम भुषाल, तेज भण्डारी. रहेका छन् ।






