लण्डन । गुल्मीमा आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी एक किशोरीले शिशु जन्माएकी छन् । अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको तथ्य खुलेको छ ।
पीडित बालिकाकी आमाले जाहेरी दिएपछि बलात्कारमा संलग्न पितालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बरालले पहल गरिरहेको बताएका छन् ।






