बेलायतका लागि नेपाली राजदूत रेग्मी पत्रकार महासंघ यूके शाखालाई सम्बोधन गर्दै

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली पत्रकारलाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको बेलायतमा कार्यरत नेपाली पत्रकारहरुबाट नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले सम्बोधन गर्ने भएका हुन् ।

यही १८ मार्च २०२१ विहीबार साँझ सबा ६ बजे एक भर्चुअल रूपमै स्वागत कार्यक्रम आयोजना गरिएको अध्यक्ष नरेश खपाङ्गी मगरले बताए ।

उक्त कार्यक्रममा शाखाका सबै सल्लाहकार, कार्यसमितिका पदाधिकारी र सदस्यहरु तथा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यही महिनाको शुरूमा बेलायतमा आई कार्यभार सम्हालेका राजदूत रेग्मी हाल विभिन्न संघसंस्थाहरुद्वारा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा व्यस्त छन् ।