धर्म तामाङको अध्यक्षतामा बीसीसी यूकेको नयाँ कार्यसमिति, कुन पदमा को ?

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

बीसीसीको आइतबार सम्पन्न साधारणसभाले तामाङको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो । त्यस्तै बीसीसी यूकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् ।

नयाँ कार्यसमिति चयन गर्न बीसीसी यूकेका सल्लाहकार मेजर खुशीमान गुरुङे संयोजक, तथा संस्थापक अध्यक्ष ले. काजी शेर्पा र डा. कपिल रिजाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । गुरुङले चौथों कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्क बहादुर गुरुङ र आङ्ग दावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. ङवाङ शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पुर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पूजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् ।

त्यस्तै, आमा समूहको उपप्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छन् ।

प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङले जिम्मेवारी पाएका छन् । केही पदमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको र उक्त रित्त पद पुर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बिसीसी गुम्बाका धर्म गुरु रिन्पोछे र खेन्पोले सपथ गराएका थिए । बिहान साढे १० देखि शुरु भएको साधारणभामा अध्यक्ष नरेश गुरुङ र आमा अध्यक्ष पुष्पा गुरुङले आमाहरुले गरेको विभिन्न कार्यहरु बारेमा प्रकाश पारेका थिए।

जुम प्रविधिबाट सम्पन्न भएको उक्त साधारणसभामा संस्थापक अध्यक्ष ले.रि काजी शेर्पाले बीसीसी यूकेको स्थापना, उद्देश्य, लक्ष्य लगायतका बिषयमा पावर पोइन्ट प्रिजेन्टेशन प्रस्तुत् गरे । त्यस्तै पूर्वअध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिएमई, पूर्व आमा प्रमुख ज्ञानुमाया गुरुङ, लण्डन शाखा अध्यक्ष गमर गुरुङ, लण्डन शाखा आमा प्रमुख अन्तिम गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।

करीब ८० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष एवं प्रोजेक्ट मेनेजर हर्क बहादुर गुरुङले बीसीसी यूकेले हालै थपेको तला निर्माण बारे पावर पाईन्ट प्रिजिन्टेशन प्रस्तुत् गरेका थिए ।

महासचिव रोबिन गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे  । अध्यक्ष नरेश गुरुङको अध्यक्षता, उपाध्यक्ष आङ्गदावा शेर्पाको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव रोबिन गुरुङले गरेका थिए ।