मोना अष्ट्रेलियाको अध्यक्षमा ईन्द्र थापा मगर

तक्दीर अधिकारी
सिड्नी । म्याग्दी ओभरसिज नेप्लीज एसोसियसन अर्थात म्याग्देली प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाको अध्यक्षमा ईन्द्र थापा मगर चयन भएका छन् । संस्थाको १२ औँ साधारसभा तथा छैठौँ अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुसन श्रेष्ठ, महासचिबमा लक्की श्रेष्ठ, सचिबमा दिनेश खत्री, कोषाध्यक्षमा सुमन बानियाँ, सहकोषाध्यक्षमा लुकेश राम्जाली रहेका छन् । सर्बसम्मतिले चयन गरिएको कार्यसमितिको सदस्यहरुमा निशा केसी, केशु पुन, सुभाष रोका, सन्दिप खत्री, अनिल बानियाँ, मुक्ति सुवेदी, सन्तोष क्षेत्री, गोकुल भण्डारी, तेजसुभाष भण्डारी र हिक्मत श्रेष्ठ रहेका छन् ।

साधारणसभाको उदघाटन मोना आइसीका सचिब हरी राम्जालीले गरेका थिए भने मोना अष्ट्रेलियाका निवर्तमान अध्यक्ष मुक्ति रोका, एनआरएनए अष्ट्रेलियाका युवा संयोजक इर्शाद अहमद लगायत उपस्थित थिए । निवर्तमान अध्यक्ष रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन माधव सुवेदीले गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रोकाले कार्यभार हस्तान्तरण गरे । निर्वाचित भइसकेपछि अध्यक्ष थापाले आगामी दिनमा सबै पक्ष मिलेर विभिन्न अप्ठ्यारा परिस्थितीको सामाना गर्ने बताएका थिए ।२००७ सालमा स्थापना भएको यस संस्थाले अब अष्ट्रेलियाका राज्यहरुमा पनि कार्यसमिति विस्तारको योजना बनाइरहेको नवनिर्वाचित कार्यसमितिका महासचिब लक्की श्रेष्ठले जानकारी दिए ।

समाजले गृहजिल्लामा परेका विभिन्न प्राकृतिक विपदको समयामा राहात प्रदान गर्ने, आर्थिक अभावको कारण स्वास्थ्यउपचार नपाएका मानिसहरुलाई सहयोग गर्ने कार्यक्रम गर्दै आएको छ । त्यस्तै नेपथ्यलाई तीन पटक सम्म सञ्चालन गरी अष्ट्रेलियाकै ठूलो नेपाली कार्यक्रम बनाएको मोनाले यहाँ नेप्लीज म्यूजिक फेस्टिबल तथा हरेक बर्ष भलिबल लगायतका कार्यक्रम समेत आयोजना गर्दै आएको महासचिब श्रेष्ठले बताए ।