काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगामी चार महिनामा करिब डेढ लाख नेपालीलाई कोरोना लाग्न सक्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा १ लाख ५९ हजार संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताए ।
सरकारल परिक्षणको दायरा बढाइरहेको भन्दै उनले सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको दावी गरे । हाल कोभिडका बारेमाा नागरिक सचेत भएको उनले सुनाए ।






