क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित जो बाईडेनलाई बधाई दिएका छन् । क्यानबेरामा पत्रकारहरुसँग बोल्दै मोरिसनले हालसम्म ट्रम्प सँग विशेष सहकार्य गरी काम गरेको भन्दै ट्रम्पले आफुहरु सँग गरेको सहकार्यको निम्ती धन्यवाद समेत दिए । बाइडेनलाई बधाई दिदै उनले उनीसँग अष्ट्रेलियाको सम्बन्ध लामो समयदेखी रहिआएको भन्दै आगामी दिनमा दुई देश विचको सहकार्य र सम्बन्ध अझ बलियो हुने समेत बताएका छन् ।
अमेरिकाको डेमोक्रेसी नमुना भएको भन्दै सोही अनुसारको अभ्यास अष्ट्रेलियामा समेत भइरहेको बताए । “जतिबेला मानिसहरुमा धेरै विचारहरुको मन्थन हुन्छ, त्यतिबेला डेमोक्रेसी अझ मजबुत हुन्छ” उनले भनेका छन् । यसैगरी उनले बाइडेन सँगै उनकी श्रीमती तथा फस्र्ट लेडी जिल बाइडेन, उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिदै अहिलेको नेतृत्वले अमेरिकाका जनतालाई न्याय दिने विश्वास दिलाए । एडिलेडमा यस अघि बाइडेन सँग भएको भेटवार्ता सम्झदै त्यस बेला भएको इन्डोप्यासेफिक सम्झौताको विषयमा भएको कुराकानीलाई समेत सम्झदै प्रधानमन्त्री मोरिसनले बाइडेनलाई अर्काे बर्षको एन्ज्याक डेमा अष्ट्रेलिया भ्रमणको समेत निम्तो दिएका छन् ।
बाइडेन एक आर्मीको परिवारबाट आएको कारण पनि आफुहरु निकट सम्बन्धमा रहेको भन्दै उनले दबाइडेनले दुवै देशका नागरिकलाई हेर्ने दृष्टिकोेण एकै किसीमको हुने बताए । अमेरिकाको जस्तै समानता र सरल मूल्यमान्ता आफुहरुले राख्ने भएको कारण यो जित अमेरिकाको मात्र नभएर अष्ट्रेलियाको समेत भएको बताए । ट्रम्प सँग पनि मिलेर काम गरेको भन्दै उनले यो संक्रमणकालिन समयसम्म निरन्तर सहकार्य गर्न तयार रहेको बताए । “एक च्याप्टर सकिएपछि नया च्याप्टर शुरु हुन्छ, म राष्ट्रपति टम्प र उहाँका सहकर्मीलाई धन्यवाद दिन चाहान्छु” उनले भनेका छन् ।






