सिड्नी। शिक्षा क्षेत्रबाट अरबौ रकम आम्दानी गर्ने अष्ट्रेलिया सरकारले आफ्नो देशमा आगमनको बाटो खुला गर्ने भनेको छ । पर्याप्त मात्रामा सुरक्षा अपनाएर सरकारले देशमा प्रवेश खोल्न लागेको जनाएको हो ।सरकारका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले शुरुमा विद्यार्थीहरुलाई आउन अनुमति दिने तयारी भइरहेको जनाए ।
कोरोना महामारीको कारण करिब ७ महिना देखी प्रवेशमा रोक लगाएको सरकारले विस्तारै आगमनको बाटो खोल्ने गरी काम अघि बढाएको उनले बताएका हुन् ।गत आठ महिनादेखि विदेशी पर्यटक तथा विद्यार्थीहरूलेको आगमन ठप्प रहेको अवस्थामा सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आउन अनुमति दिन लागिएको टजले बताए ।
सरकारले अनुमति दिन लागे सँगै चाल्र्स डार्बिन विश्वविद्यालयले आफ्ना ७० जना विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रम अन्र्तगत डार्बिन ल्याउन तयारी गरिरहेको छ । त्यस्तै साउथ अष्ट्रेलियाले पनि सरकारको निर्देशनको प्रतिक्षा गरिरहेको बताइएको छ । सरकारले अनुमति दिएको खण्डमा साउथ अष्ट्रेलियाले ३ सय विद्यार्थीलाई भित्राउने छ । त्यसैगरी मन्त्री टजका अनुसार साउथवेल्समा भने क्वारेन्टीको व्यवस्था गरि नया बर्ष शुरु भएपनि विद्यार्थीलाई ल्याउन दिइने बताइएको छ ।
शिक्षा क्षेत्रबाट ठूलो मात्रामा आर्थिक उपार्जन गर्ने देशहरु मध्ये अष्ट्रेलिया पनि एक हो । हरेक बर्ष करिब ४० अर्ब डलर शिक्षाबाट सरकारले कमाउने गरेको छ । महामारीको कारण लाख भन्दा बढी विद्यार्थीहरुले यहाँ आउन पाएका छैनन् ।
महामारीको कारण धेरै विद्यार्थीहरुले समस्याको जीवन भोगिरहेको अवस्थामा अव आउने विद्यार्थीहरुको अष्ट्रेलियाको यात्रा भने सहज नहुने जानकारहरुले बताउने गरेका छन् ।






