साईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

दिनेश गौतम, युरोप, साईप्रस – युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन ।

साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्ययनरत स्थायि घर कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थलि बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफनै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ । गत बर्षको अक्टोबर २०१९मा आफनो बुवाको आखाको उपचार गर्ने , आमा तरकारी बेच्ने काम बन्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सपनाका साथ साईप्रस पढन आएका मृतक रोशनका काकाका छोरा विकास अधिकारीले बताए ।

आफुहरु सँगै साईप्रस ठुलो सपना बोकेर आएको भन्दै सगैं बसेर पढने , काम गर्ने, आमा बुवाले गर्दै आउनु भएको कामलाई विस्थापित गरेर राम्रो जिवन जिउने भनी आएको टेलिफेन बार्तामा सुनाए । अधिकारीले भने, ‘भाईले केही दिन पहिला कलेज गएको थियो रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने जस्तो कुरा भाईले गरेको थियो।’

नेपालमा रोशनकी आमा तरकारी बेचेर गुजारा चलाउछिन् । बुवा दुबै आखाले देख्न सक्ने स्थितीमा छैनन् । सानो भाई अहिले पढिरहेका छन् ।
लकडाउनमा काम नगरेको भएपनि खर्चहरु आफुहरु दिदै आउको उनले बताए । यता मृतक रोशन अधिकारी हिम्मत नहार्ने होनहार विद्यार्थी भएको तर आत्महत्याले गर्दा सारा नेपाली समाजको मन रुवाएको गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिव कृप थापाले बताए । महासचिव थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उनको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भैरहेको जानकारी दिए । साईप्रसमा पछिल्लो समय हरेक महिनामा केही न केही नेपालीहरु माथि आपत विपत परिरहेकोले नेपाल सरकार, सम्बन्धित निकायहरुले साईप्रसमा रहेका नेपालीहरुको अवस्था, समास्याका बारेमा समयमै समाधान नगरे आउने दिनमा अझै नराम्रो हुने महासचिव थापाको भनाई छ ।