लण्डन । बेलायत सरकारले महामारीका कारण सञ्चालन हुन नसकेका कम्पनीमा कार्यरत नागरिकहरुलाई मार्च महिना सम्म आर्थिक सहायता दिने भएको छ । यूके चान्सलर ऋषि सुनकले फर्लाे भनिएको उक्त सहुलियत मार्च महिना सम्म जारी रहने घोषणा गरेका हुन् ।
हाल सरकारले महामारीका कारण सञ्चालन हुन नसकेका कम्पनीमा कार्यरत नागरिकहरुलाई आयस्रोतको समस्या नहोस भन्नको निम्ती उनीहरुले खाइपाई आएको ८० प्रतिशत आर्थिक सुविधा दिदै आइरहेको छ । नागरिकहरुले सरकारबाट अधिकतम २५ सय पाउण्ड बराबरको आर्थिक सहायता मार्च महिना सम्म पाउने भएका हुन् ।
सुनकका अनुसार आगामी जनवरीमा सरकारले यस बारे नीतिमा हेरफेर भने गर्न सक्ने भएका छ ।
उनले भनेका छन्, “सरकारले यस प्रकारको सुविधा जाडो मौसमको अवधिमा व्यवसायिक सुरक्षा कायम गर्न दिएको हो, हामीले दिएको यो सुरक्षाले लाखौ व्यक्तिको नोकरी सुरक्षित गर्ने छ।”
उनले थपेका छन्, “सरकार सँग पुरा संयुक्त अधिराज्यको एक कोष छ, जुन पुरै देशमा लागू हुनेछ।”
सुनकले सरकारको तर्फबाट स्वरोजगार भएका नागरिकहरुको हितको निम्ती लाखौ पाउण्डको योजना समेत अघि सारेका छन् । स्वरोजगार आयस्रोत सहयोग स्किम बढाउँदै उनले ७५ सय पाउण्ड सम्मको सहयोग गर्न सकिने जानकारी दिए ।
उक्त घोषणाकै अवसरमा सुनकले सरकारको तर्फबाट स्थानीय सरकारहरुको निम्ती २ देखी १६ बिलियन सम्मको ग्यारेन्टी कोष समेत खडा गरेको घोषणा गरेका छन् ।
बेलायतमा कर्मचारीहरुलाई सरकारले दिने ‘फर्लो स्किम’ आउँदो मार्चसम्म लम्ब्याइने






