लण्डन । बेलायत आएकी आइएफबीबी प्रो विनिता राईलाई भव्य स्वागत गरिएको छ । यूके स्थित आइएफबीबी प्रो लिग फाउण्डर तथा यूके एनआईबीबीएलका सल्लाहकार नारायण गुरुङ, गोर्खाज क्लासिक प्रमुख सल्लाहकार तथा एनआईबीबीएलका सल्लाहकार गंगा गुरुङ, एनआईबीबीएलका पुर्वअध्यक्ष तथा गोर्खाज क्लासिक प्रमुख प्रर्वद्धक किशोर गुरुङ लगायतको टोलीले गोर्खा प्लेस रेष्टुरेन्टमा भव्य स्वागत गरेको होे ।बेलायतमा रहेका आफ्ना बाबुआमा सँग दशैँ मनाउन आएकी राईलाई स्वागत गरिएको हो ।

राई नेपालमा बस्ने एकमात्र आइएफबीबी प्रो कार्ड भएकी महिला हुन् । उनीसँगको भेटघाट निकै महत्वपूर्ण भएको आइएफबीबी प्रो लिग फाउण्डर तथा यूके एनआईबीबीएलका सल्लाहकार नारायण गुरुङले बताए । आइएफबीबी प्रो जित्नको लागि लामो त्याग र संघर्ष गर्नुपर्ने हुन्छ, उक्त उपाधि जितेसँगै विश्वको शीर्ष पोषण कम्पनीमा ठूलो रकममा स्पोन्सर हुने मौका मिल्ने गर्दछ । त्यति मात्र नभएर आइएफबीबी प्रो विजेताले लस भेगसमा हुने आइएफबीबी प्रो ओलम्पिकमा पनि भाग लिन सकिन्छ ।
सम्मान कार्यक्रममा बोल्दै विजेता राईले नेपाललाई आइएफबीबी प्रो लिग मार्फत चिनाउन खोजेको बताइन् । २०२० मा गर्ने भनिएको आइएफबीबी प्रो नेपाल बडी बिल्डिङ्ग च्यापियनशिप कोरोना भाइरस संक्रमणको कारण २०२१ मा यसको तयारी भै रहेको यूके नेपाल इन्टरनेशनल बडी बिल्डिङका पूर्वअध्यक्ष किशोर गुरुङले बताए ।कार्यक्रममा आइएफबीबी प्रो लिग नेपाललाई पूर्ण रुपमा सहयोग गरेको एनआईबीबीएलका अध्यक्ष सुक गुरुङले बताए ।






