हवल्दार थापाको शालिक निर्माणार्थ बेलायतबासी गुल्मेलीको १३ हजार ५ सय पाउण्ड सहयोग

लण्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीको विशेष पहलकदीमा प्रथम गोर्खा भि सि विजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माणार्थ चालिएको अभियानको निम्ती बेलायतमा सहयोग रकम प्राप्त भएको छ । निर्माण परियोजनाका प्रवक्ता ओम थापाका अनुसार शनिवार यूकेको फानब्रो स्थित रशमोर बर्रों काउन्सेल अफिसको प्राङगणमा एक कार्यक्रममा अभियानलाई साथ दिदै शालिक निर्माणकोे निम्ती गठन गरिएको समितिका कोषाध्यक्ष टोप पल्लीको नेतृत्वमा संकलित १ हजार १ सय ११ पाउण्ड ११ सेन्ट हस्तान्तरण गरिएको होे । रकम महासचिव बीर बलाल, कार्यसमितीका सदस्य भक्त बलाल, समाजका सस्थापक अध्यक्ष सल्लहाकार तथा परियोजनाका प्रवक्ता ग्रेटर रशमोर नेपाली कम्युनिटीका पुर्वअध्यक्ष ओम थापा काउचा, सल्लाहाकार के.रि.टाम ढेगा, आजिवन सदस्य तथा जि.एम.पी.प्रोजेक्टका प्रमुख सयोजक मे.रि.खिम गौचनको सहभागीतामा उक्त रकम कम्युनिटिका अध्यक्ष रामधन राई तथा जि.एम.पी.प्रोजेक्ट टिम लाई हस्तान्तरण गरिएको थियो ।
बेलायतको एक सामुहिक ऐतिहासिक परियोजना मानिएको उक्त कदमको निम्ती विभिन्न नेपाली समुदायहरुले ऐक्वयद्धता जनाएका छन् । प्रवक्ता थापाले समाजका अन्य सक्रिय सदस्यहरूले पनी आफ्नो व्यक्तिगत तथा संस्थागत रुपमा अभियानको निम्ती हालसम्म १३ हजार ५ सय पाउण्ड सहयोग गरेको जानकारी दिए ।

जसमा प्रथम नौमती बाजा गुल्मी युके समुह बाट १ हजार १० पाउण्ड ०९ सेन्ट, भार्सेली समाज युकेद्वारा १ हजार १ प्राप्त भएको छ । भने ब्यक्तिगत रुपमा सस्थाका सस्थापक अध्यक्ष ओम थापा काउचा द्वारा १ हजार ५, वर्तमान अध्यक्ष टोप पल्ली द्वारा १ हजार ७६.३६, सल्लाहाकार क्याप्टेन रि. ताम ढेगा मार्फत १ हजार ५, सल्लाहाकार टेक थापा मार्फत एक हजार १ सय, सल्लाहाकार लेप्टन कर्नेल रि. याम राना द्वारा १ हजार ५५ पाउण्ड सहयोग प्राप्त भएको छ । त्यसैगरी सल्लाहाकार तथा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष प्रेम गाहामगर मार्र्फत १ हजार २१.२५, आजिवन सदस्य मेजर रि. खिम गौचन द्वारा १ हजार ५, आजिवन सदस्य रबी थापा मार्फत १ हजार १५.८६, आजिवन सदस्य ओम बहादुर बुढाथोकी मार्फत १ हजार ७, टंक थापा मार्फत १ हजार ३५.७६, सल्लाहकार मोतीराज भण्डारी ३०, सल्लाहाकार गोकर्ण बस्नेत मार्फत २० सहयोग प्राप्त भएको छ ।
उक्त समारोहमा बोल्दै ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले आफुहरुले चालेको अभियानमा साथ दिएकोमा सबै ब्यक्ति तथा सामुदायिक संस्थालाई धन्यवाद दिए । उक्त अभियान बेलायतबासीहरू नेपालीहरुको एक ऐतिहासिक कार्य भएको भन्दै कम्युनिटीले थालेकोे काममा विश्वास गरेकोमा आभार ब्यक्त गरे ।
प्रोजेक्टमा गुल्मेली मेजर रिटायर्ड खिम गौचन, प्रवक्ता तथा यस जि.आर.एन.सी.को पुर्व अध्यक्ष ओम थापा, कोषअध्यक्ष टोप पल्ली, सहकोषाअध्यक्ष के.रि टाम ढेगा, सदस्यहरु बीर बलाल, प्रेम गाहा मगरले दिएको साथ र सहयोगको पनि उनले प्रशंसा ब्यक्त गरे ।
परियोजनाका संयोजक मेजर रि. खिम गौचन ले परियोजनाको हालसम्मको प्रगतीविवरणको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।
त्यसैगरी गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्लीले यस प्रोजेक्ट को सफलता को शुभकामना दिदै ऐतिहासिक काममा सहभागी हुने अवसर दिएकोमा भाग्यशाली ठानेको बताए । साथै उनले यस अभियानमा सहयोग गर्नै सबैको कामको प्रशंसा ब्यक्त गर्दै यस शालिक निर्माण अभियानलाई एक साझा कामको रुपमा अघि बढाउनुपर्ने बताए । उक्त कार्यक्रममा कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लागू गरेका सुरक्षाका सबै उपायहरु अपनाइएको थियो ।