मिस नेपालको उपाधी इभाना मानन्धरद्वारा कब्जा, फस्ट रनरअप दिव्यता

काठमाडौं, बैशाख ५– मिस नेपाल २०१५ को उपाधी इभाना मानन्धरले जितेकी छन् । शनिबार अबेर सम्पन्न फाइनलमा इभानाले उपाधी कब्जा गरेकी हुन् ।ivana
यस्तै प्रतियोगिताको फस्ट रनरअप दिव्यता बैद्य भइन् भने सेकेण्ड रनरअप मेधा कोइराला भइन् ।

इभानाले मिस वर्ल्डमा सहभागी हुने अवसरसहित एकलाख रुपैंया पुरस्कार हात पारिन् भने फस्ट रनरअप दिब्यताले मिस नेपाल अर्थको उपाधि सहित ६० हजार रुपैंया र सेकेण्ड रनर्सअप मोधाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० हजार रुपैयाँ हात पारिन् ।
हिडन ट्रेजरले आयोजना गरेको २० औं संस्करणको उक्त प्रतियोगिताको फाइनल शुक्रबारै भनिएपनि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएपनि आजको लागि सरेको थियो ।