कलेजोको क्यान्सर भएका ११ बर्षीय राजेश भन्छन : ‘ठुलो मान्छे बन्ने मन छ’

काठमाडौँ । नुवाकोट घर भइ हाल काठमाडौँमा डेरामा बस्ने तारा राईका छोरा राजेश राई भर्खर मात्र एघार बर्षमा पाइला टेके । उमेर निकै सानो छ । खाने, खेल्ने रमाउने उमेर हो राजेशको अहिले । तर उनी दिनमा हजार पटक रोएर समय विताएका छन् । ७ महिना पहिले एक अस्पतालमा परिक्षण गराउन गएको समयमा उनको कलेजोको क्यान्सर भएको पत्ता लाग्यो । राजेश त सानै उमेरका हुन् । उनलाइ राम्रो सँग कलेजोको क्यान्सर भनेको के हो पनि थाहा थिएन् । तर विस्तारै विस्तारै शीरर गल्दै गयो, उनी दुब्लाउँदै गए, त्यसपछि बालक राजेशलाइ म अब मर्छु कि भन्ने चिन्ता लागिरहन्छ । ‘आमा म मरेपछि यो धर्तीमा रहन्छु कि रहन्न भनेर छोरा सोधिरहन्छ’ ताराले गहभरी आँशु बनाउँदै भनिन्, ‘तिमीलाइ ठिक हुन्छ बाबु पीर नगर भनेर सम्झाउँछु, मेरो मनले नै चित्त बुझाउन सक्दैन, उसलाइ कसरी बुझाउनु‘’

राजेश ताराका पहिलो सन्तान हुन् । यिनै लाए उपचार गर्ने भनी उनी श्रीमानसँगै बच्चा लिएर काठमाण्डौ आइन् । आफुसँग भएको घरखेत सबै बेचेर आएको पैसाले अलिअलि उपचार गराउने प्रयास गरिन् । तर त्यो पैसाले केही लागेन । ‘अहिले सम्म ११ लाख रुपैया ऋण लागिसक्यो, घर खेत सबै बेचेर आएको पैसा कतागयो कता’, उनले भनिन्, ‘महिनामा दुइ पटक अस्पताल लैजानुपर्छ, त्यहि खर्च पनि पुर्याउन सकेको छैन, अरु उपचार खर्च कहाँबाट ल्याउनु’ । चिकित्सकले आफुलाइ बच्चाको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको भनेको उनले बताइन् । ‘कति अस्पतालले हामीले सक्दैनौ भनेर पठाइदिए’ उनले भनिन्, ‘पहिलो सन्तान हो, बरु आफु मरेर भएपनि उसलाइ बचाउन मन छ, पैसा नभएसी के लाग्यो र?’ । ऋण माथी ऋण थपिदै छ । अब त कसैले पनि ऋण पत्याउन छोडिसके । श्रीमानले गाडी चलाउने काम गर्छन् । तर लकडाउनको कारण गाडी चलेको छैन, अहिले उनी पनि यत्तिकै बसिरहेका छन् । ‘श्रीमानले विष खाएर मरौ भन्नुहुन्छ, अरु उपाय नभएसी के गरौ’ उनले भनिन्, ‘यत्तिकै मर्न पनि कहाँ सकिने रहेछ र खै’ । उनले कसैले सहयोग गरिदिए पनि छोराको जीवन बच्ने थियो भन्ने चाहना राखिन् ।

ठुलो मान्छे बन्ने चाहना- राजेशले अहिले ४ मा अध्ययन गर्छन् । ‘लकडाउन नभएको भए अहिले ५ कक्षामा पुग्थे’ उनले भने, ‘यो रोग सन्चो भयो भने ठुलो मान्छे बनेर दुखी गरिबलाइ सेवा गर्ने मन छ’। शरीर सुकेको छ । बेलाबेलामा अत्तिनै दुख्छ । रिँगटा लागिरहन्छ । दिनमा तीन पटक औषधी नखाए अझ दुख्छ । ‘डाक्टरले दुइ पटक अपरेशन गर्न पर्छ भनेका छन्’ ताराले भनिन्, ‘त्यसको लागि धेरै पैसा लाग्छ रे, हामीसँग अब एक हजार पनि निकाल्ने उपाय छैन्’ । छोराकै पीरको कारण उनीहरुको निद्रा हराएको महिनौ भैसक्यो । निको नभएसम्म निद्रा पर्ने छैन् पनि । तर ताराका दम्पतिलाइ यही चिन्ता लाग्छ कि, छोरालाइ जीवन दिन सकिन्छ या सकिदैन भन्ने । उहाँलाइ सहयोग गर्न चाहने महानुभावले निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसैगरी खाता नम्बरपनि निम्नानुसार रहेको छ ।

बैंकको नाम : लक्ष्मी बैंक

खातावालाको नाम : तारा राई

खाता नम्बर : ००७२०२४८५२८

सम्पर्क नम्बर : तारा राई ९८२८५६००२२