ईण्डिएन प्रिमियर लिग क्रिकेट आइपीएल अन्तर्गत बिहीबार सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । प्रतियोगितामा राजस्थानको यो लगातार चौथो जित हो । बिहीबार राति आन्द्र प्रदेशस्थित राजाशेखरा रेड्डी रंगशालामा सनराइृजर्सले दिएको १ सय २८ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर अन्तिम बलमा पुरा ग¥यो । राजस्थानका लागि ओपनर अजिङ्क्या राहनेले सर्बाधिक ६२ रन बनाए । उनका अलावा सञ्जु स्यामसनले २६ र स्टुवार्ट विन्नीले अविजित १६ रन बनाए । झिनो लक्ष्य पछ्याएको राजस्थानलाई लक्ष्य पुरा गर्न हम्मेहम्मे परेको थियो । सनराईजर्सका लागि रवि वोपाराले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सनराईजर्सले कमजोर ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । सनराईजर्सका लागि इयोन मोर्गानले बनाएको २७ रन नै सर्बाधिक रह्यो । उनका अलावा नमन ओझाले २५, डेभिड वार्नरले २१ र बोपाराले अविजित २३ रन जोडे । राजस्थानका लागि प्रवीन ताम्वे र धवल कुलकनीले दुई दुई विकेट लिए । खेलको म्यान अफ द म्याच राहने घोषित भए ।
राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई ६ विकेटले हरायो : आइपीएल






