म्यानचेस्टर सिटिलाई पराजित गर्दै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको सेमिफाईनलमा ।

लिस्बोन,
युरोपियन च्याम्पियन्स लिगको अन्तिम  क्वाटरफाइनल खेलमा फ्रेन्च क्लब लियोनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाइ पराजित गरेको छ ।
पोर्चुगलको राजधानी लिस्बोनस्थित जोसे अल्भालाद स्टेडियममा भएको खेलमा सिटीविरुद्ध लियोनले ३ -१ को जित दर्ता गरेको हो।

खेलको २४ औं मिनेटमा लियोनले अग्रता बनाएको थियो । लियोनका लागि म्याक्सवेल कर्नेटले गोल गरेका हुन् । खेल भर सिटीले बल आफ्नो पक्ष्यमा राखे पनि लियोनलाई रोक्न सकेन ।
सिटीका लागि १ मात्र सान्तोना गोल केविन दे ब्रुनीले खेलको ६९ मिनेटमा रहिम स्तेर्लिंगको पासमा गरेका थिए । तेस्तै लियोनलाइ जिताउन ७५ मिनेटमा मैदान प्रवेश गरेका मोउस्स देम्बेलेले खेलको ७९ र ८७ मिनेटमा दुइ गोल गर्दै लियोनको जित सुनिस्चित गरेका थिए।

अब लियोनले अगष्ट १९ मा जर्मन क्लब बायर्नसँग फाइनल प्रवेशका लागि खेल्नेछ । यसअघि सिटीले रियल मड्रिड तथा लियोनले युभेन्टसलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए । बायर्न मुनिक यस अघि नै स्पेनिस क्लब बार्सिलोनालाई ८-२ ले पराजित गर्दै सेमिफाईनलमा पुगेको छ ।