लण्डन ।बेलायत स्थित स्याङ्जा समाज युकेको साउन ११ मा अनलाइनमा गरेको मिटिङ द्वारा स्याङ्जाको कालीगन्डकी गाँउपालिका र गल्याङ नगरपालिकामा पहिरोबाट मृत्यु हुन पुगेकाहरु प्रती शोक प्रस्ताव पारीत गर्दै पीडित सात परिवारलाई रु २५००० का दरले राहत पठाउने निर्णय गरेको छ । १ लाख ७५ हजार रुपैया तुरुन्तै पठाएर संस्थाको तर्फबाट पीडितहरुलाई हस्तान्तरण गर्ने कुरा संस्थामा अधक्ष्य सारदा गुरुङले बताउनु भयो।
केही हप्ता अघी अल्डर्सटमा १०० जना भन्दा धेरै जेष्ठ नागरिकलाई कोभिड -१९ बिरुद्धको इमर्जेन्सी किट बितरण गरिएको थियो भने अब आउने बुधवार त्यस्तै किट लन्डनको ह्यारोमा बितरण गर्ने कार्यक्रम रहेको छ । संस्थाले यस अघी स्याङ्जा जिल्लामा कोभिड नियन्त्रणको लागी १ लाख ५४ हजार सहयोग गरिसकेको छ ।
माहासचिव डा.बलराम ढकालले संचालन गर्नु भएको उक्त मिटिङमा अहिलेसम्म भएका कामको समिक्षा गर्दै बेलायतमा रहेका सम्पूर्ण स्याङ्जालीहरुलाई युद्द स्तरमा सस्थाको सदस्य बनाउने गरी काम गरिने भएको छ । गोल्ड र साधारण गरी २ किसिमका सदस्यता अब तुरुन्तै बितरण गरिने कुरा डा ढकालले बताउनु भयो।






