शिब भण्डारी
लन्डन । समाज सेबा भन्ने बितिकै कुनै पनि समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ । सरल भाषामा समाज सेवा गर्ने व्यक्तिलाई समाज सेवी भनिन्छ।यही विराट परिवेश भित्र पबित्र मनले सामाजको उन्नति हुन्छ भन्ने उद्येश्यका साथ आफु समाज सेवामा लागीपरेको बताउछन पूर्व गोर्खा सैनिक बम गुरुङ ।
समाज सेबी गुरुङ गोर्खा जिल्लाबाट ब्रिटिश सेनामा भर्ति भएर २२ वर्ष ब्रिगेड अफ गोर्खाज अन्तर्गतको क़ुइन्स गोर्खा सिग्नल्स पल्टनको सेवामा समर्पित भए ,हो उनै गुरुङ २२ वर्ष पल्टने जागिर गरेर अवकास भइ बेलायतको योर्कमा याक एण्ड यति गोर्खा रेस्टुरेन्ट संचालन सञ्चालनमा ल्याएका हुन ।
समाजसेवी बम गुरुङद्वारा मजदुरलाई राहत
कोरोना भाइरसको जोखिम पछि देशमा जारी लकडाउनका कारण समस्या परेकालाई एक नेपाली श्रमजीवी खाना अभावले मृत्यु भएको समाचार सार्वजनिक भएपछि धेरैको मन भतभती पोल्यो । यसरी मन पोल्नेमध्ये एक हुन् गोर्खा घर भइ बेलायतको योर्क निबासी याक एण्ड यति गोर्खा रेस्टुरेन्ट संचालन गर्दै आएका पूर्व गोर्खा सैनिक समाजसेवी बम गुरुङ । कोही नेपाली भोकै मर्नु हुँदैन भन्दै पवित्र उद्देश्यले उनले नेपालका धेरै ज्यालादारी मजदुरलाई हालसालै राहत वितरण गरेका छन् ।
उनले बैबाहिक जीवनको २५ वर्ष पुगेको अवसरमा कुनै उत्सव मनाएनन । त्यसका सट्टामा उनले गत मे महिना भरिमा २०० किलो मीटरको दुरी कुदेर आफ्ना साथी भाइहरुको माझबाट २ लाख २८ हजार ८ सय १६ संकलन गर्न सफल भए ।
उक्त रकम उनले काठमाडौं, ललितपुर, पोखराको छिनडाँडा,लुम्ले, रामकृष्ण टोल, छोरेपाटन, बाग्लुंग बसपार्क, बुढी बजार, लामाचौर, भैरब टोल र चितवनमा रहेका बिहान, बेलुका खानको लागि धोउ धोउ भएका मजदुरलाई वितरण गरेको समाज सेबी गुरुङले लन्डन नेपाल न्यूजलाई बताए।
हेर्नुहोस नेपालका विभिन्न ठाउमा दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुर र विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराइएका तस्बिरहरु साथमा गुरुङ दम्पती:

यसका साथै गोर्खा, गुम्दा घर भई पोखरा मा ज्याला मजदुरी गरेर बस्नु हुने एकजना व्यक्ति राहत लिनको लागि लाईनमा बस्दा बस्दै ढलेर बेहोस भएका थिए । फेवा सिटी हस्पिटलमा भर्ना उनका परिवारका लागि पनि नगद रकम राहत स्वरुप प्रदान गरेको समाज सेबी गुरुङले लन्डन नेपाल न्यूजलाई बताए।
यो पुन्य काममा उनलाई नेपालमा रहेका वरिष्ठ समाज सेवीहरु रनु गुरुङ, रन्जिता गुरुङ, देवी गुरुङ, रामबाबु सेवन र लक्ष्मी सिग्देल समेतको साथ रहेको उनले बताए ।
‘धेरै जनाको थोरै सहयोगले समस्यामा परेकालाई राहत दिनुपर्छ भन्ने मान्यताले यो सहयोग गरिएको हो।’ याक एन्ड यति गोर्खा रेस्टुरेन्ट संचालन गर्दै आएका समाजसेवी बम गुरुङले भने ‘बिपद्को समयमा केहि हुनेले कत्ती पनि नहुनेलाई सहयोग गर्नु मानवीय धर्म पनि भएकाले राहत प्रदान गरेका हौ।’






