बेक्स्ली नेपाली समाज युकेले गर्‍यो स्थानीय मेयर सँग अन्तरक्रिया

होमनाथ ज्ञवाली

लण्डन । बेक्स्ली नेपाली समाज युकेले स्थानिय मेयर संग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिजय बहादुर गुरुङले गर्नु भएको थियो।

बेक्सलि नेपाली समाजको London Borough Of Bexley का Mayor James Hunt सँग महत्वपूर्ण परिचयात्मक अंतरक्रिया कार्यक्रम गरेको हो।

२६ जुन सुक्रबार साझ बेक्सलि नेपाली समाजले आफ्नो समाजको उद्देश्य, एसले हाम्रो समुदायमा खेलेको भूमिका, सामाजिक उत्तरदायित्व, भविष्यका चुनौती, बेक्सलि नेपाली समाजको London Borough Of Bexley सँगको सम्बन्ध अनी BNC को आर्थिक अबस्था लगायत विविध विषयमा बेक्सलि काउन्सिलका मेयर James Hunt सँग Zoom Video मार्फ़त नीकै महत्वपूर्ण Virtual Meeting आयोजना गरेको थियो।

उक्त अवसरमा समाजका अध्यक्ष श्री बिजय गुरुंगज्यूले सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भयो। त्यस्तै समाजका कोषाध्यक्ष श्री संजीब सूबेदीज्यूले समाजको आर्थिक गतिबिधि, वर्तमान तथा भबिष्यका कार्यक्रम र कार्यसमिति सदस्य तथा Community Relation Coordinator श्री हिमाल गुरुंगज्यूले समुदायको सांस्कृतिक पक्ष र अंतरघुलीत सम्बन्ध, CIVID-19 ले हाम्रो समुदायमा पारेक़ो प्रभाव अनि BNC ले खेलेको भूमिकाका बारेमा प्रकाश पार्नु भयो । कार्यक्रमको संचालन समाजका महासचिव श्री हरीश ज्ञवाली ज्यूले गर्दै BNC समाजको गौरवशाली इतिहासको बारेमा चर्चा गर्नु भएको थियो।

Bexley Council को मेयर सँग बेक्सलि नेपाली समाजको एस्तो किसिमको परिचयात्मक कार्यक्रम अति उत्साहवर्धक र नौलो भएको कार्यक्रममा सहभागी सदस्यहरूले बताऊनु भयो। एस्तो कार्यक्रमले बेक्सलि नेपाली समाजलाई London Borough Of Bexley Council को सम्बन्धको गतिलाई अझ नया ऊँचाईमा पूर्याउन सफल भएको बिश्वास गरिएको छ।

उक्त Meeting मा सहभागी महानुभाबहरुले भरखरै नियुक्त मेयरलाई बधाई र शुभकामना दिदै सफल कार्यकालको कामना गर्नु भयो। मेयर James Hunt ले बेक्सलि नेपाली समाजका गतिविधिको प्रशंसा गर्दै भविष्यमा एस समाजसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो। मेयर James ले COVID-19 ले बेक्सलि काउन्सिल समुदायमा पारेको प्रभाव र बेक्सलि काउन्सिलले स्थानिय तहमा गरेको कामको बारेमा प्रकाश पारनु भएको थियो। वहाँले भरखरै मात्र Danson Park सफाई अभियानमा बेक्सलि नेपाली समाजको तर्फ बाट महासचिव श्री हरीश ज्ञवालीको नेतृत्वमा भएको सहभागिताको लागी आभार र प्रशंसा ब्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा मेयर James Hunt लग़ायत BNC अदक्ष बिजय गुरुंग, महासचिव हरीश ज्ञवाली, कोषाध्यक्ष संजीब सूबेदी, होमनाथ ज्ञवाली, हिमाल गुरुंग, उदय लम्साल, आनन्द धरेल, एलिना श्रेस्ठ, बिजिता गौतम सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको उत्तरार्धमा सहभागीहरुले आआफ़्ना जिज्ञासा मेयरसँग राख्नु भएको थियो भने मेयरज्युले पनि जिज्ञासा मेंटाईदिनु भै अगामी दिनमा BNC सँग समुदायमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो।