बेलायतको चर्चित रियालिटी शो मा पुगे नेपाली निरौला-लाखौं-दर्शकले पिटे ताली (भिडियो सहित)

लन्डन । बेलायतमा बस्दै आएका नेपाली गायक भीम निरौलाले बेलायतको चर्चित रियालिटी शोमा आफ्नो चर्चित गीत ‘सन्डे मर्निङ लभ यू’ गाएका छन् । ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा निरौलाले आफ्नो बहुचर्चित गीत गाइरहँदा दर्शकहरु, उद्घोषक तथा जजहरु समेत उत्साहित देखिएका थिए ।

‘सन्डे मर्निङ लभ यू’ गाउदा…( भिडियो)

निरौलाले शोको अडिशनका क्रममा आफ्नो गीत गाउँदा  गीतबाट निकै मनोरञ्जन लिएको भिडियोमा देखिन्छ ।

दर्शकबाट समेत उनले खुब ताली बटुले। उनी छनोट भएर फर्कदा दर्शकहरुले ‘आइ वान लभ यू एभ्री डे’ भन्दै उनको विदाई गरेका थिए।

२०१३ को अक्टोबरमा यूटुयुवमा यो गीत रिलिज भएपछि निरौला भाइरल भएका थिए। उक्त गीत यूटुयुबमा ६० लाख बढीले हेरिसकेका छन्।

अंग्रेजी शब्द उच्चारण र आफ्नै पाराको नाच सन्डे मर्निङ लभ यू हिट हुनुको कारण थियो। निरौलाले रेडियो नेपालबाट स्वरपरीक्षा पास गर्दै आधुनिक गीत समेत रेकर्ड गराएका थिए।

धनकुटामा जन्मिएका निरौला सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका छन् । पेशाले होटल म्यानेजर निरौलाले थुप्रै गीत गाइसकेका छन् तर उनको सबैभन्दा चर्चित गीत ‘सन्डे मर्निङ लभ यू नै हो ।