लण्डनमा कोरोनाबाट अर्का भूपू गोर्खा लक्ष्मण को निधन

लण्डन । बेलायतको साउथ इस्ट लन्डन स्थित प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गाेरखा सैनिक लक्ष्मण श्रेष्ठको काेराना संक्रमणबाट निधन भएको छ ।

नेपालको पुर्ख्यौली घर स्याङ्जा पुतली बजार भएका  ५८ वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालनमा निधन भएको
पासा पुचः गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।उनले भने, श्रेष्ठ पासा पुचः गुठी साउथ इष्ट लन्डनका आजिबन सदस्य समेत रहेको र समाजमा उनको परिबार सधै सक्रिय रहदै आएको बताए।

श्रेष्ठको असामयिक निधनले पासा पुचः गुठी साउथ इष्ट लन्डन स्तब्ध बनेका छ, अध्यक्ष प्रजापतिलेले लन्डन नेपाल न्यूज संगको टेलिफोन सम्बादमा भने ।

उनले भने श्रेष्ठ ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका थिए । यस्तैमा  उनलाई श्वास फेर्न गाह्रो भएकाे थियो । त्यसपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा काेरोना पोजिटिभ देखिएपछि भर्ना गरी उनको उपचार हुँदै आएको थियो ।

श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।