एनआरएन युके स्थापना दिवस विरुद्ध उपाध्यक्षले राखे पत्रकार सम्मेलन !

लन्डन ! एनआरएन युकेका उपाध्यक्षहरुको पत्रकार सम्मेलन गर्ने तयारी छ। मार्च ४ तारिख बुधबार बेलुकी बेलुकि गोल्डेनसिप रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्षहरूले संस्थाको अनियमितता र मनोनित व्यक्तिहरूको  विरुद्ध पत्रकार सम्मेलन गर्ने भएका छन्।

गैर आवासीय नेपाली संघ बेलायतसंग जोडिएका विभिन्न समसामयीक विषयमा संघका उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कँडेल, रामचन्द्र पोखरेल र मोहन कार्किले आफ्ना सामूहिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको उपाध्यक्ष प्रेम गाहा मगरले एक प्रेस विज्ञप्ति मार्फ़त जानकारी गराएका छन् ।

गैर आवासीय नेपाली संघ केन्द्रले वार्षिक रूपमा मनाई आएको र तर शाखाहरुले यसरी कहिलेपनि नमनाएको स्थापना दिवस एक ब्यक्तिलाई फुर्क्याऊन निर्वाचित कार्यसमितिलाई धोती लगाई दिएर केंद्रबाट टिका लगाईएका व्यक्तिलाई संयोजक बनाई मानसम्मान थाप्ने काम गरेसंग़ै पुनः बिवादमा फसेको छ ।

संघमा भएका अनियमितता र अन्य काम थाती राखेर मान सम्मानतिर लागेको भन्दै मार्च ५ तारिखमा गर्न लागिएको कार्यक्रम विवादमा फसेको छ ।

संघका महासचिव हेमराज शर्मा नै बेलायतमा रहेर पनि उनलाई बाईपास गर्दै रामशरण सिमखड़ालाई कार्यक्रमको संयोजक बनाईनुमा शर्मा आफै खुशी नभएको, संस्थालाई विधिविधान भन्दा एकलौटीरुपमा संचालन गर्ने कार्य विरुद्ध कालो झण्डा देखाउने तयारी अनि समग्र कार्यक्रम नै विवादमा परेपछी केंद्रीय अध्यक्ष पन्त आफै उपस्थित नहुने स्रोतको दावी छ ।
एनआरएन युकेको चुनाव सम्बन्धि विवाद, करोडौ रुपियाँ हिनामिना गरिएको आरोप आदिलाई नदेखेझै गरि कार्यसमितिले अनुमोदन नगरेका सल्लाहकारहरुलाई भेला गरी खादा, माला लगाउने कथित कार्यक्रमलाई एनआरएन युकेका उपाध्यक्ष नारायण दत्त कंडेलले बच्चा जन्मनु अघि कन्दनी बाट्ने कार्यसंग तुलना गरेका छन्।

संघका बहुसंख्यक सल्लाहकार लगायत संस्थापकहरुले उक्त विवादास्पद कार्यक्रम बहिस्कार गर्ने श्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *