तक्दीर अधिकारी
सिड्नी । रुपन्देही सामाजिक सञ्जालको दोस्रो अधिवेशन आइतबार सम्पन्न भयो । अधिवेशनले ईश्वर पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला, महासचिवमा दिवाकर काफ्ले, सचिवमा अर्जुन गैरे र कोषाध्यक्षमा विप्लब सापकोटा चयन भए ।
कार्यसमितिको सदस्यहरुमा मनोज सिलवाल, प्रदीप खनाल, पदम अधिकारी, निशान ढकाल, सूचना पाण्डे, गणेश न्यौपाने, सुरज खत्री, लक्ष्मी खनाल, कमाल भण्डारी, सरोज पाण्डे, रेमन केसी र रक्षा शर्मा चयन भए ।अधिवेशनले कला तथा साहित्य संयोजकमा मुक्तिराम पोखरेल, महिला संयोजकमा रञ्जिता भण्डारी, महिला सहसंयोजकमा तुलसा पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र जनसम्पर्क अधिकृतमा रवि केसीलाई तोकेको छ । राज खनाल र कृष्ण गैरे संस्थाको संरक्षक रहने छन् भने डा. प्रकाश पौडेल, डा. चिजकुमार श्रेष्ठ, विक्रम बिश्वकर्मा, चुना क्षेत्री, महेश्वर शर्मा र मोहन पाण्डेलाई सल्लाहकार तोकिएको छ ।
संस्थाको अधिवेशनका प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अनुभव र सम्भावनालाई हामीले एक ठाउँमा जोड्न सक्यौ भने संस्थाले गतिशीलता प्राप्त गर्ने संस्थाको जीवनपद्धति त्यसैमा आधारित हुने बताए । नवनिर्वाचित अध्यक्ष ईश्वर पोखरेलको टिमलाई उनले बधाइ तथा शुभकामना दिए ।
महावणाज्यिदूत दीपक खड्काले अस्ट्रेलियामा विभिन्न जिल्लाको समाज गठन भएको र सबैले आ–आफ्नो समाजलाई योगदान पु¥याइयो भने त्यसले सबैलाई फाइदा पुग्छ । स्वस्थ्य प्रतिस्पर्धा जहिले पनि राम्रो हुने उनले बताए । हरेक समुदाय बलियो भयो भने देश निश्चय नै बलियो हुने विचार महावाणिज्यदूत खड्काको थियो ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङले आफू रुपन्देही जिल्लाबाट नआए पनि रुपन्देही सञ्जालले गर्ने प्रायः सबै कार्यक्रममा सहभागी हुने गरेको बताए । उनले भने, ‘रुपन्देहीलाई म बुद्धको जन्मभूमि भएको जिल्ला भनेर चिन्छु । रुपन्देही सञ्जालबाट एनआरएनमा प्रतिनिधित्व नहुँदा दुःख लाग्छ ।’गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले रुपन्देही सञ्जालका पदाधिकारीलाई शुभकामना दिए । डायस्पोराको मेकानिजममा होस्टेमा हैसे गरेर अगाडि बढ्न सकियो भने सिर्जनशील काम गर्न सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल,प्रबक्ता नन्द गुरुङ ,नारी निकुन्ज्वकी सम्योजक सन्ध्या शाह, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत लब्धप्रतिष्ठित व्यक्तित्वको साथै संचार कर्मीहरुको उपस्थिति रहेको थियो। समाज सेवी इन्द्रा बन, रिजनल कोअर्डिनेटर होम पाण्डे, झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखेरल , मल्टी डाइनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेल लगायतले पनि बोलेका थिए । उनीहरुले नयाँ कार्यसमितिलाई बधाई दिँदै समुदायको लागि उच्च मनोबलसहित काम गर्न शुभकामना दिएका थिए ।








