हेरिटेज अफ फेसन सिड्नी साउथ एसियामा २० मोडल

तक्दीर अधिकारी
सिड्नी । असाप इन्टरटेन्मेन्टको आयोजनामा सिड्नी हुने हेरिटेज अफ फेसन सिड्नी साउथ एसियाका लागि २0 जना मेडल छनोट भएका छन् । गत फेब्रुअरी १ र २ तारिख भएको अडिसनबाट ती मोडल छनोट भएका हुन् ।

आयोजक असाप इन्टरटेन्मेन्टका निर्देशक सन्तोष अधिकारीले दिएको जानकारी अनुसार तत्काल २0 जना मोडल छनोट गरेका छौं, त्यसबाट हामीले २० जना लिन्छौं । नेपालबाट १२ जना छन्, त्यसमध्ये ८ जनालाई मात्र लिइन्छ । भारतबाट चार, पाकिस्तानबाट तीन, चिनियाँ, फिलिपिन्स, बंगलादेशी र सिड्नीबाट दुई–दुईजना मोडल रहेको छन् ।

फेब्रुअरी २९ तारिक सम्पन्न हुने उक्त कार्यक्रमको लागि मोडल छनोट भएका हुन् । कार्यक्रममा नेपाली कलाकारहरुद्धारा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ । कार्यक्रमले नेपाली कला तथा संस्कृतीको संरक्षण तथा प्रर्वद्धनाको उदेश्य राखेको छ ।

कार्यक्रममा फेसन आईकन प्रशान्त ताम्रकार, गायिका प्राप्ती, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतहरुको प्रस्तुती रहने छ ।

अस्ट्रेलियामा भएको भीषण आगलागीबाट प्रभावित र पोखरा समाजको अनुरोधमा पोखरा साराङकोटका क्यान्सर पिडित अर्जुन  तिमल्सिना को सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको निर्देशक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *