रामकृष्ण ढकाल साँझको प्रतिक्षामा सिड्नीवासी नेपाली

तक्दीर अधिकारी
सिड्नी । सुगम संगीतका उत्कृष्ट सर्जक रामकृष्ण ढकाल सिड्नीमा गुन्जने भएका छन् । उनको यो गुन्जन सुन्नका लागि सिड्नीवासी नेपालीहरु लालयित बनेका छन् । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ६ तारिखमा साँझ ७ बजे कार्यक्रम आयोजना हुनेछ ।

अष्ट्रेलियाका नेपाली माँझ पहिलो पटक प्रस्तुत हुन लागेका ढकालले आफ्नो मर्मस्पर्सी लोकप्रिय गीतहरु गाउने छन् । कार्यक्रममा उनले बिहान उठ्नेवित्तिकै हिमाल हेर्न पाइयोस् देखि ओराली लागेको हरिण को चाल भो, हिरा काट्ने हिरै मा राखेर, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, रिसाउदा नि आफ्नै लगायतका दर्जन गीत प्रस्तुत गर्ने आयोजकले बताएका छन् । ढकाललाई गायनमा सिड्नीमा रहेका गायक रमण रेग्मी र गायिका सुजाता उपाध्यायले साथ दिने भएका छन ।

‘सिड्नीमा रहनु हुने नेपालीहरू माझ आफ्नो एकल प्रस्तुति दिन पाउनु मेरा लागि ऐतिहासिक अवसर हो’, गायक ढकालले भने, ‘म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीत प्रेमीहरूलाई भेट्न आतुर छु ।’ रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड नाम राखिएको यो कार्यक्रमलाई कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *