अस्ट्रेलियाबाट शुभराम्भ भएको,भ्रमण वर्षमा पर्यटन मन्त्री योगेश भट्टराईले के भने ?

तक्दीर अधिकारी

सिड्नी। अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनए लगायतका संघ,संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई अस्ट्रेलियाआइपुगेका हुन् । उनको शुभारम्भ कार्यक्रम बारे सञ्चारमाध्यममा अनेकन कुराहरु आए, ती सबै अफाह भएको मन्त्री भट्टराई बताउँछन् । भएको के थियो भन्ने वास्तविकता सर्वसाधारणलाई सुसूचित गर्न लन्डन नेपाल न्यूजका लागि तक्दीर अधिकारीले मन्त्री भट्टराईसँग कुरा गरेका थिए ।

तिनै कुराकानीको सम्पादित अंश :

०अस्ट्रेलियामा भ्रमण वर्षको शुभारम्भमामै धरै टिका टिप्पडी आएनी यसलाई कसरि लिनु भयो ?

– त्यस्तो केही पनि भएको छैन, अस्ट्रेलियामा एकदमै राम्रो कार्यक्रम भएर शुभारम्भ भएको छ । नेपाल भ्रमण वर्ष २०२० को राम्रो प्रचार प्रसार भएको छ । यसलाई अस्ट्रेलिया सरकार र जनताले स्वभाविक र राम्रो ढगले लिएका छन् । विश्वभरिका मानिसले नेपाल भ्रमण वर्षको सूचना पाएका छन् । नेपालका बारेमा थप जानकारी प्राप्त भएको छ । जसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

० नेपाल भ्रमण वर्ष अस्ट्रेलिया उपयुक्त हो ?
– अस्ट्रेलिया मात्र होइन, सबै ठाउँमा उपयुक्त हो ।

० अस्ट्रेलियाको ट्राभल एडभाइजरीमा नेपाल अझै जोखिमयुक्त मुलुकमा परेको छ नि ?
– नेपालमा केही पनि जोखिम छैन, पर्यटक सुरक्षित छन् ।

० सरकारी वेभसाइटमा जोखिम नै लेखिएको छ त ?
– त्यसलाई हामी कूटनीतिक च्यानलबाट कुराकानी गर्नेछौं ।

० अस्ट्रेलियाबाट शुभराम्भ भएको छ, के अपेक्षा गर्नुभएको छ ?
– अस्ट्रेलिया मात्र होइन, विश्वका सबै देशहरु जहाँ नेपाली दूतावास छन्, कूटनीतिक नियोग छ । र, जहाँ हाम्रो एनआरएनका साथीहरु हुनुहुन्छ, सबै ठाउँबाट नेपाल भ्रमण वर्ष २०२० शुभराम्भ भएको हो । मेरो उपस्थिति मात्र अस्ट्रेलियामा भएकोे हो । म उपस्थित नभए पनि विश्वका धेरै ठाउँमा एकै साथ यसको शुभारम्भ भएको छ ।

० विश्वका कुन कुन स्थानमा एकै साथ शुभारम्भ भयो ?
– सबै ठाउँमा एकै साथ शुभारम्भ भएको छ । अमेरिका, जापान, अस्ट्रेलिया, भारत, चीन, कोरियालगायत धेरै देशमा भयो । सबै देशको नाम म यहाँ उल्लेख गर्न सक्दिनँ । नेपाली दूतावास र नियोग भएका सबै ठाउँबाट शुभारम्भ भएको छ । नियोग नभएको ठाउँमा गैरआवासीयय नेपाली संघका साथीहरुले आफ्नो ढंगले विश्वका झन्डै २ सय सहरमा एकै साथ भिजिट नेपाल २०२० को शुभारम्भ भएको छ ।

० अस्ट्रेलियाका उच्च पदाधिकारी लाई नेपाल भ्रमण गराउन केहि पहल गर्नु भयो की ?
– अब हामी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान प्रदान गछौं । अरु लेबलमा पनि भ्रमण आदान प्रदान हुनेछ । अस्ट्रेलिया र नेपालबीच सिधा हवाई सम्पर्क हुनुपर्छ भन्नेबारे छलफल भएको छ । यस पटक मेरो भ्रमणमा यस विषयमा धेरै राम्रो छलफल भएको छ ।

० हवाई सम्झौता कहाँ पुग्यो ?
– सन् २०१९ को अक्टुबरमा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको हो । योे सम्झौताले दुई देशबीच हवाई सेवा सुरु गर्ने बाटो खुला गरेको छ । बिहीबार हामीले राजदूतावास क्यानभेरामा अस्ट्रेलियाको नागरिक उड्डयनका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेका छौं । दुवै देश सिधा हवाई सम्पर्कबाट जोडिनु पर्छ भन्ने कुरामा समान धारणा छ । यस विषयमा हामीले गम्भीर भएर छलफल गरेका छौं ।

० अस्ट्रेलियाका नेपालीले सिधैं काठमाडौं अवतरण गर्न कहिले पाउँछन् ?
– त्यो छिटै हुनेछ । त्यस विषयमा हाम्रो छलफल सकरात्मक रुपले अघि बढिरहेको छ ।

० नेपाल एयरलाइन्सले नै त्यो सेवा दिने हो ?
– दुवैतर्फबाट हुनसक्छ । नेपाल एयरलाइन्स र अस्ट्रेलियाले पनि त्यो सेवा दिनेछ । त्यसको तयारी गर्नुपर्छ ।

० पूर्वाधार पुग्छ ?
– पूर्वाधारमा कुनै कमी छैन । अहिले पनि त्रिभुवन विमान स्थलबाट धेरै विदेशी फ्लाइट भइरहेको छ । दैनिक ५५–६० वटा अन्तर्राष्ट्रिय उडान हुन्छ । ३०–४० भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भरिरहेका छन् । अब नयाँ एयरलाइन्सले उडान सुरु गर्दा केही समय लाग्नु स्वभाविक हो ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले यस्तो लेखेका छन्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *