लण्डनमा भिक्टोरिया केयर सेन्टरको छैटौं वार्षिकोत्सवमा २६ कर्मचारीलाई अवार्ड

लन्डन । बेलायतका एकजना सफल युवा व्यवसायी बाशु लामिछानेको व्यावस्थापनमा सञ्चालन गरेको नर्सिङ होम ६ बर्समा प्रबेस गरेको छ । भिक्टोरिया केयर सेन्टर (नर्सिङ होम)ले आफ्नो छैटौं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न गरेको हो ।  गत मंगलबार इलिङको होटल हिल्टनमा आयोजित कार्यक्रममा आफ्ना कर्मचारीहरुले वर्षभरि गरेको कामको मूल्यांकन गर्दै उत्कृष्ट  २६ जना कर्मचारीलाई अवार्ड प्रदान गरिएको थियो ।

लन्डनको एक्टन लेन पार्क रोयल स्थित रहेको भिक्टोरिया केयर सेन्टरमा १ सय १५ वेड क्षमता रहेको उक्त नर्सिङ होममा २०० भन्दा बढी कर्मचारी रहेको जनरल म्यनाजर बाशु लामिछानेले जानकारी दिए । भिक्टोरिया केयर सेन्टरका अध्यक्ष जोसेफ, जनरल म्यनाजर बाशु लामिछाने र खुस्बु लगायतले २६ उत्कृष्ट कर्मचारीलाई संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

काममा सबैलाई समान व्यवहार गर्नु हुनु पर्ने र डाइरेक्टरदेखि क्लिनरसम्म सबैको समान रुपले सम्मान गरिनु पर्ने बताउँदै भिक्टोरिया केयर सेन्टरमा विरामीहरुलाई कुनै किसिमको एभ्युज नहुने आफ्नो संस्थाको फिलोसफी भएको बताए ।

एक्टन लेन पार्क रोयलमा रहेको केयर सेन्टरले वयस्क महिला तथा पुरुष तथा जेष्ठ नागरिकका लागि आरामदायी सेवा प्रदान गर्दै आएको छ । भाषा मैत्री कर्मचारी भएकाले जेष्ठ नागरिकले सजिलै सेवा लिने गरेको जनरल म्यानेजर बासु लामिछानेले जानकारी दिए ।सांगीतिक माहोलमा सम्पन्न कार्यक्रमको अन्त्यमा डिनरको पनि व्यवस्था गरिएको थियो ।

भिक्टोरिया केयर सेन्टर वेस्ट लन्डनको एउटा ठूलो नर्सिङ होम मध्येमा पर्छ । भिक्टोरिया केयर सेन्टरसँग १ सय १५ वेड क्षमताको उक्त यहाँ डिमेन्सिया, पेलिप्टीकेयर, ब्रिरीइन्जुरी र रिहाबिटेसनजस्ता स्पेसलिस्ट केयर दिइन्छ । सन् २०१४ मा खुलेको आधुनिक र सुविधा सम्पन्न नर्सिङ होमले २ सय जति स्टाफलाई रोजगारी दिएको छ । लगभग २५ प्रतिशत नेपालीहरु प्रत्यक्ष रोजगारमा संलग्न छन् ।

सुरुदेखि नै केयर सेन्टरको पूर्ण व्यवस्थापन बासु लामिछानेले गर्दै आएका छन् । नेपालबाट सन् २००० मा बेलायत आएका लामिछाने पेशाले नर्स हुन् । बेलायतमा पुरुष नर्सको बाहुल्यता देखेर आफू यस पेशाप्रति आकर्षित भएको बताउने लामिछाने नर्स भएकोमा गर्व गर्छन् । हेल्थ केयर असिस्टेन्ट हुँदै नर्सिङ पढेका लामिछाने कम्युनिटी केयरको व्यवस्थापनतिर आकर्षित भए ।

यति ठूलो साइजको नरसिंह होमको व्यवस्थापन गर्न त्यति सजिलो छैन, तर सफलताको श्रेय आफूले लिनुभन्दा आफूभन्दा जुनियर स्टाफ र टिमलाई दिँदै हौसला दिने व्यवस्थापनको गुण नै सफलताको कडी भएको बताउँछन् ।

नर्सिंग पेशामा आबद्ध रहेका बाशु लामिछाने नेप्लिज नर्सिङ एशोसिएसन यूकेका पूर्व अध्यक्ष हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *