तक्दीर अधिकारी
सिड्नी। अस्ट्रेलियामा झापाली वासी सङ्गठित भएका छन् । झापाली समाज अस्ट्रेलियाकोअध्यक्षमा उमेश पोखरेल निर्वाचित भएका छन् । शनिबार सिड्नीमा सम्पन्न समाजको अधिबेशनबाट पोखरेल सर्बसम्मत चयन भएका हुन्।नव गठित कार्यसमितिको उपाध्यक्षमा अशोक ओली, महासचिवमा अशोक उप्रेती, सचिवमा मदन धोराली र कोषाध्यक्षमा नविन थपलिया निर्विरोध निर्वाचित भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरुमा अमित श्रेष्ठ, मोनिका भण्डारी, प्रज्ञान श्रेष्ठ, राज कुमार गोश्वामी, सागर पराजुली र सोनु पुडासैनी निर्विरोध चयन भएको समितिका सदस्य अजय राजवंशीले बताए।
नव निर्वाचित पदाधिकारीहरुलाई नव नियुक्त राजदूत महेशराज दाहालले एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेका थिए। प्रमुख अतिथिको हैसियतमा बोल्दै राजदुत दाहालले झपाली समाजले अस्ट्रेलियामा बसेर पनि मुलुकको विकास निर्माणमा महत्वपुर्ण योगदान गरेकोमा खुसी ब्यक्त गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपक चुडालले पछिल्ला दुई वर्षमा गरिएका सामाजिक कार्यको विवरण सहित पेश गरेका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलले झापाली समाजले अस्ट्रेलियामा स्थापनाकालदेखिनै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरेको बताए।
समाजका महासचिब अशोक उप्रेतीले संचालन गरेको कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदुत दिपक खड्का,झापाली समाजका पूर्व अध्यक्ष दिपक खनाल, एनआरएनका उपाध्यक्ष देब गुरुङ लगायतले सफलताको शुभकामना दिए।
कार्यक्रममा एनआरएनका पुर्व ओसेनिया संयोजक धर्म अधिकारी, एनएडिएफका अध्यक्ष विवेक थापा, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, आइसिसी सदस्य अरुण ठाकुर नयाका अध्यक्ष प्रकाश खरेल, युवा अभियन्ता कोमल पाठक , डिला खरेल लगायतको उपस्थिति रहेको थियो। 
नव निर्वाचित अध्यक्ष उमेश पोखरेलले अस्ट्रेलियामा छरिएर रहेका झापालीहरुलाई एकताको सुत्रमा बाधेर सहकार्य गर्नुका साथै झापाको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाए।
अष्ट्रेलियामा सङ्गठित झापाली समाज भिडियो;






