एनआरएनए अध्यक्ष भवन भट्टलाई सिल्क एयरको विमानबाट प्रहरी लगाएर निकालियो

काठमाडौं । मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ।

उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ । उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए।

एनआरएन अध्यक्ष भट्टले यसअगाडि पनि पटकपटक विमानमा रक्सी पिएर होहल्ला गर्ने खुलेको छ। करिब ३-४ महिना अगाडि पनि नेपाल एयरलाइन्सको विमान चढेर रक्सी पिएर होहल्ला गर्दै आफूले टिकट नेपाल एयर लाइन्सको काटेको भएपनि ड्रयागनमा उड्ने भन्दै होहल्ला र विवाद गरेका थिए। पछि उनलाई सम्झाइबुझाइ नेपाल एयरलाइन्समा नै हङकंग उड्न दिइएको थियो।
– सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *