सर्वदलीय बैठकमा जुटेन सहमति, संसद बैठक २० गते

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं– प्रतिनिधि सभाको बैठक सुचारु गर्न सभामुख कृष्णबहादुर महराले बोलाएको छलफलमा सहमति नजुटेपछि सुचना टाँस गरेर आजको बैठक पनि स्थगित गरिएको छ । संसदको अवरोध हटाउन मध्यान्न १२ बजे सभामुख महराले संसदमा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक डाकेका थिए । सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछोडेपछि सहमति नजुटेको हो ।

संसद बैठक साउन २० गते ११ बजे बस्नेगरी स्थगित गरिएको छ । सहमतिका लागि सत्तापक्ष र प्रतिपक्षी दलले सहमतिका लागि आफ्नो दलमा थप छलफल गर्ने बताएका छन् । छलफलपछि बाहिरिने क्रममा समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले लाल आयोगले बनाएको प्रतिबेदन लगायतका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषयमा सुझाव दिएको बताए ।

उनले प्रतिपक्षले उठाएको विषयमा सत्तापक्ष सहमत नभएकोले सबै विकल्प खुला राखेर छलफल गरेर सहमति गर्न आफूले सुझाव दिएको बताए । उनले आगामी दुई तीन दिन गहन छलफल गरेर यसमा सहमति खोज्नुपर्छ र संसद सुचारु गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा राखेको उनले बताए ।

यस्तै नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सर्लाही घटनाको विषय मानवअधिकारसँग जोडिएकोले संसदीय छानविन समिति गठन, सर्लार्हीमा बालक बालुवा निकाल्दा पोखरीमा डुबेको बिषय, शान्तिपूर्ण प्रर्दशनमा सरकारले बढी दमन गरेको विषय र जनसरोकारको विषय संसदको विषय भएकोले संसदमा त्यसले प्रवेश पाउनुपर्छ भनेर प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलले आफ्नो कुरा राखेको बताइन् ।

अरु दलले पनि संसदीय छानविन समिति बनाउने कुरामा सकारात्मक भएको र यसअघि पनि ३ पटक संसदीय छानविन समिति गठन भएको बताउदै यसलाई नयाँ नजिरका रुपमा लिनुहुँदैन भन्ने कुरामा अरु नेताबाट पनि कुरा आएको बताइन् ।

यो वियषमा थप छलफल आवश्यक महशुस गरेर प्रतिपक्षी दल र सत्तापक्ष दलले पनि पार्टीभित्र थप छलफल गरेर सहमति जुटाउने सहमति सहित आजको बैठक स्थगित गर्ने निर्णय भएको भुसालले बताइन् । यस्तै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षीदलबिच गहन छलफल भएको बताउदै यो छलफलका लागि अझै समय चाहिने भएकोले सुचना टाँस गरेर संसद स्थगन सहमत भएको बताए । अलिकति समय लिने र छलफल गरेर टुङ्गोमा पुग्न समय लाग्ने भएकोले संसद सुचारु गर्दै छलफल अगाडि बढाउन सत्तापक्षले प्रतिपक्षलाई आग्रह गरेको उनले बताए ।

संधै संसद अबरुद्ध हुँदा जनताले प्रश्न उठाउने र सबै निराश हुने बताउदै सहमतिका लागि अmझै समय लाग्ने भनेपछि सहमति जुटाउनका लागि सुचना टाँस गरेर बैठक स्थगित गर्ने निर्णय गरिएको बताए । गत असार २४ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले सर्लाही घटनाको छानविको माग गर्दैै लगातार संसद अवरोध गर्दै आइरहेका छन् ।

सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको नक्कली मुठभेडमा प्रहरीले हत्या गरेको र सर्लाहीमै बालुवा गिट्टी निकालेको पोखरीमा १२ बर्षका एक बालकको ज्यान गरेको बिरोधमा भएको पर्दशनमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *