नेपाल बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुख्य नदीहरु कन्काई, कमला र बागमतीमा बहाब उल्लेख्य रुपमा बढ्ने जनाएको छ । सोमबार बिहान गरिएको मापन अनुसार केही शाखा नदीमा भने बहावले खतराको तह पार गर्ने सम्भावना रहेको छ ।
यसैगरी, महाशाखाका अनुसार भोलि र पर्सी प्रदेश १,२ र ३ का तपाई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । साथै, तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् । पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ ।
आगामी ३ दिन कन्काई, कमला र बागमतीमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना,भोली र पर्सी प्रदेश १,२र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना, तटिय क्षेत्रमा पूर्वतयारी गरौ, प्रतिकार्यको लागि समेत सचेत रहौ ।






