एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा केसी निर्वाचित

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको अध्यक्षमा लालबहादुर केसी निर्वाचित भएका छन् । केसीले निकटतम प्रतिस्पर्धी घनश्याम सपकोटालाई ४ सय ४९ मतअन्तरले पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ९ सय ३५ मत प्राप्त गरेका थिए भने सापकोटाले ४ सय ८६ मत पाए ।

संघको उपाध्यक्षमा बलकुमार गोले, उद्धवप्रसाद अधिकारी, महिला उपाध्यक्षमा भावना नेपाल निर्वाचित भ एभने महासचिवमा दयानिधि गौतम, सचिवमा नारद कुँवर र प्रदीप रुपाखेती, कोषाध्यक्षमा विपिन भण्डारी तथा सहकोषाध्यक्षमा कमल बसेल निर्वाचित भएका छन् ।

हिजो शनिबार अबेर सार्वजनिक मत परिणामअनुसार संघको कार्यसमिति सदस्यहरुमा अप्रिल अर्याल, अशोककुमार श्रेष्ठ, विष्णुविक्रम शाही, विष्णुकुमार बस्नेत, चन्द्र शर्मा पौडेल, निगवीर घिसिङ, माण्डपसिंह पाख्रिन, राजेन्द्र पाण्डे, सची थापा र सुमना केसी निर्वाचित भएका छन् ।

निर्वाचन आयोगकी अध्यक्ष बबिता श्रेष्ठले दिएको जानकारीअनुसार आईसीसी सदस्यमा विशान सापकोटा चयन भएका छन् । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, आईसीसी सदस्य होम पाण्डे निर्वाचन गराउन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *