लण्डनमा दिदीबहिनी समुहको तीज जुलाई २७ मा

शिब भण्डारी

लण्डन । लण्डनको साउथ ईस्ट स्थित प्लमस्टिडमा दिदीबहिनी समुहको तीज विशेष वार्षिक कार्यक्रम यहि जुलाई २७ मा भब्य रुपले हुने भएको छ । प्लमस्डिस्थित र्याडिकल क्लबमा साँझ ५ देखि राती अबेरसम्म तीजको नाचगान गर्ने कार्यक्रम गर्ने भएको हो ।

दिदीबहिनी समुहको तीज पार्टीमा तीजगीतमा नाचगान गर्ने, दर खाने लगायतका मनोरञ्जनात्मक कार्यक्रमसंगै आकर्षक पुरस्कारसहितको राफल ड्र पनि गरिाइंदैछ ।

जसमा पहिलो पुरस्कार सुनको चन्द्रमा राखिएको छ । लुम्बिनी टेलर्स, दिव्या राठोर र माया केसी लगायतले पनि विभिन्न पुरस्कार प्रायोजन गरेका छन् । कार्यक्रमको टिकटको लागि प्लमस्टिडस्थित साइनी ब्युटी हेयर सलुन, लुम्बिनी टेलर्स र समुहका सदस्यहरुलाई सम्पर्क गर्न सकिनेछ ।

यसैगरी दिदीबहिनी समुहमा श्रद्धा थापा,अनिता केसी,माया केसी,संगिता थापा, रञ्जना केसीे, अञ्जना थापा, बसन्ती राना, हिमा क्षेत्री, र लक्ष्मी बस्नेत,टीना लगायत आबद्ध छन् । गत बर्षको तिजमा पनि दिदीबहिनी समुहले प्लमस्डिस्थित र्याडिकल क्लबमामै तिज भब्य रुपले मनाएको थियो । तिज अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १८ पाउण्ड र साना नानि हरुलाई १० पौण्ड तोकिएको छ।

बेलायतमा रहेका हरेक समुदाय र पेशाका नेपाली दिदीबहिनीहरुलाई समेटेर एकआपसमा सुखदुख बांड्ने चौतारीका रुपमा स्थापित हुने लक्ष्य बोकेको समुहले यसमा आबद्ध हुन बेलायतबासी सबै नेपाली महिलालाई आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *